स्वास्थ्यमन्त्री मेहता र चिनियाँ राजदूत मिङबीच भेट, जनस्वास्थ्य सहकार्यमा छलफल « Khabarhub

स्वास्थ्यमन्त्री मेहता र चिनियाँ राजदूत मिङबीच भेट, जनस्वास्थ्य सहकार्यमा छलफल


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि चीनका राजदूत चाङ माउ मिङबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटमा नेपाल–चीनबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ सम्बन्ध र स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री मेहताले नेपालका विभिन्न कठिन परिस्थितिमा तथा स्वास्थ्य क्षेत्रका परियोजनामा चीन सरकारले पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै नवनियुक्त राजदूतको सफल कार्यकालको शुभकामना दिइन् । उनले चीनले हासिल गरेको विकास अनुभवबाट नेपालले पनि सिकेर अघि बढ्नुपर्ने धारणा राखिन् ।

त्यस अवसरमा राजदूत चाङ माउ मिङले नेपाल सरकारलाई बधाई दिँदै आर्थिक तथा सामाजिक विकासका प्राथमिकतामा उल्लेखनीय उपलब्धि हासिल होस् भन्ने शुभकामना व्यक्त गरे ।

उनले चीन सरकार नेपालका प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, स्वास्थ्य पूर्वाधार तथा खाद्य स्वच्छताका क्षेत्रमा क्षमता अभिवृद्धि र प्राविधिक सहयोग विस्तार गर्न सकिने प्रस्ताव राखे ।

भेटवार्तामा नेपाल–चीनबीच स्वास्थ्य तथा जनस्वास्थ्य सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ४ : ०६ बजे

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण