तेह्र वर्षमुनिको उपाधि पल्सर सीईसीलाई « Khabarhub

तेह्र वर्षमुनिको उपाधि पल्सर सीईसीलाई


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– प्रथम सुवर्णशमशेर स्मृति क्रिकेट लिग प्रतियोगिताको उपाधि पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) ले हात पारेको छ । किर्तिपुरस्थित लेबोरटरी स्कुलमा आज सम्पन्न  फाइनलमा  पल्सर सीईसीले एन्जल्स स्पोर्टस क्रिकेट एकेडेमीलाई नौ विकेटले हराउँदै उपाधि प्राप्त गरेको हो । 

फाइनलमा टस जितेर पहिले ब्याटिङ रोजेको एन्जल्सले निर्धारित १५ ओभरमध्ये ३.१ ओभरमा नै सबै विकेट गुमाएर ३५ रन जोडेको थियो । एन्जल्सको ब्याटिङलाई चुनौती दिँदै पल्सरका आयुश्मान कटुवालले ३.१ ओभरमा पाँच विकेट लिएका थिए । सहज लक्ष्यका लागि जबाफी ब्याटिङमा उत्रिएको पल्सरले तीन ओभरमा एक विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो ।

उपाधि  पल्सर सिईसीले कपसहित एक लाख प्राप्त ग¥यो भने उपविजेता एन्जल्सले रनर अप कपसहित रु ५० हजार नगद लिन सफल भएको छ ।प्रतियोगिताका चार खेलमा सर्वाधिक २०६ रन बनाएका पल्सरका सन्दीप साउदले ‘प्लेयर अफ दी टुर्नामेन्ट’  र उत्कृष्ट  ‘ब्याटर’को पनि पुरस्कार पाएका छन् । 

त्यस्तै, ११ विकेट लिएका टोलीका ज्ञानदीप अर्यालले उत्कृष्ट बलर तथा हिमालयन क्रिकेट एकेडेमीका भावेश खड्काले ‘इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्ट’को पुरस्कार पाएका छन् । प्रतियोगिताको फाइनलमा पुग्न यसअघि भएको सेमिफाइनल खेलमा पल्सर सिईसीले हिमालयन क्रिकेट एकेडेमी (ए) लाई पाँच विकेटले हराएको थियो ।

त्यस्तै अर्को सेमिफाइनलमा एन्जल्स स्पोर्टस क्रिकेट एकेडेमीले डीएभी क्रिकेट एकेडेमीलाई ९४ रनले हराएको थियो । गत जेठ १० गतेदेखि आइरिस इभेन्टको आयोजनामा किर्तिपुरस्थित लेबोरटरी स्कुलको मैदानमा भएको उक्त प्रतियोगितामा उपत्यकाका  विभिन्न स्थानका १६ वटा क्रिकेट प्रशिक्षण संस्थाका १३ वर्षमुनिका क्रिकेट खेलाडी सहभागी थिए ।

आइरिस इभेन्टका अध्यक्ष जनक चन्दका अनुसार सानै उमेरदेखि क्रिकेटको जग बसाउन सबैभन्दा तल्लो उमेर समूहको प्रतियोगिता आयोजना गरिएको हो । 

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ४ : १५ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत