तरुण दलले माग्यो बालेन्द्रको राजीनामा « Khabarhub

तरुण दलले माग्यो बालेन्द्रको राजीनामा


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन तरुण दलले काठमाडौंमा प्रदर्शन गरेको छ ।  

नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै तरुण दलले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । 

सीमाका बारेमा प्रधानमन्त्रीको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्ध भएको तरुण दलले जनाएको छ । 

प्रदर्शनमा सहभागीहरूले कार्यकारी प्रमुख हो की देशकै बोझ, प्रधानमन्त्रीज्यू चुच्चे नक्सा नबिर्सनु है, वीर पुर्खाको अपमान सहँदैन नेपाल, देशको सीमा र स्वाभिमान हाम्रो प्राण लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

तरुण दलका अध्यक्ष मनिष कोइरालाले सीमाका बारेमा प्रधानमन्त्रीले गैर जिम्मेवारी ढंगले अभिव्यक्ति दिएको भन्दै तत्काल सदनमार्फत माफी माग्दै राजीनामा दिनुपर्ने बताए । उनले यस विषयमा प्रधानमन्त्री र रास्वपाले स्पष्ट पार्नुपर्ने माग गरे ।

प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्ति दिएपछि चौतर्फी विरोध र आलोचना भइरहेको छ । 

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ४ : ५४ बजे

बाढीपीडित पहिचानमा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार, सिंगापुरसँग माग्यो प्राविधिक सहयोग 

काठमाडौं– बाढीपछि बेपत्ता तथा प्रभावितको पहिचानलाई तीव्र बनाउन सरकारले अन्तर्राष्ट्रिय सहयोग

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी प्रभावित

क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, आक्रमणको प्रतिकार गर्ने चेतावनी

एजेन्सी– इरान युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगञ्ज– ‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा