तरुण दलले माग्यो बालेन्द्रको राजीनामा « Khabarhub

तरुण दलले माग्यो बालेन्द्रको राजीनामा


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन तरुण दलले काठमाडौंमा प्रदर्शन गरेको छ ।  

नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै तरुण दलले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । 

सीमाका बारेमा प्रधानमन्त्रीको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्ध भएको तरुण दलले जनाएको छ । 

प्रदर्शनमा सहभागीहरूले कार्यकारी प्रमुख हो की देशकै बोझ, प्रधानमन्त्रीज्यू चुच्चे नक्सा नबिर्सनु है, वीर पुर्खाको अपमान सहँदैन नेपाल, देशको सीमा र स्वाभिमान हाम्रो प्राण लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

तरुण दलका अध्यक्ष मनिष कोइरालाले सीमाका बारेमा प्रधानमन्त्रीले गैर जिम्मेवारी ढंगले अभिव्यक्ति दिएको भन्दै तत्काल सदनमार्फत माफी माग्दै राजीनामा दिनुपर्ने बताए । उनले यस विषयमा प्रधानमन्त्री र रास्वपाले स्पष्ट पार्नुपर्ने माग गरे ।

प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्ति दिएपछि चौतर्फी विरोध र आलोचना भइरहेको छ । 

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ४ : ५४ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा