वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण « Khabarhub

वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति स्वचालित प्रणालीमार्फत गर्ने जनाएको छ । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजनाअनुसार पुनः श्रम स्वीकृतिलाई स्वचालित बनाइएको जनाएको हो ।

वैदेशिक रोजगार विभागले अनलाइनमार्फत स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति लिँदा पालना गर्नुपर्ने नयाँ शर्तसहित विभिन्न मापदण्ड अनिवार्य गरेको हो ।

विभागका अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति आवेदन दिँदा यसअघि श्रम स्वीकृति प्राप्त गरेको देश र कम्पनीका लागि मात्र आवेदन दिएको हुनुपर्ने छ । संस्था वा कम्पनी परिवर्तन भएकाहरूको हकमा यो नियम लागू नहुने विभागले जनाएको छ ।

विभागले विज्ञप्तीमार्फत कम्तीमा तीन महिना अवधि भएको राहदानी हुनुपर्ने, भिसा वैध हुनुपर्ने, कम्पनीसँग करार सम्झौता गरेको हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको हुनुपर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको हुनुपर्ने, आवधिक जीवन बिमा गरेको हुनुपर्नेलगायत शर्त अनिवार्य गरेको हो ।

अनलाइन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र सञ्चारमैत्री बनाउन यी शर्तहरू अघि सारिएको जनाइएको छ । विभागले शर्त पूरा नभएका आवेदनलाई प्रणालीले स्वतः अस्वीकृत गर्ने भएकाले आवश्यक सजगता अपनाउन सेवाग्राहीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  १० : ०१ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष