निर्माताका दु:ख- हाउसफुल देखाउन आफैँले टिकट किन्नुपर्ने ! « Khabarhub

निर्माताका दु:ख- हाउसफुल देखाउन आफैँले टिकट किन्नुपर्ने !


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म हेर्न त दर्शकले टिकट काट्ने हो नि । निर्माताले नै टिकट काट्नु परेपछि केका लागि फिल्म बनाउने ?

कलाकार जितु नेपाल भर्खरै एक फिल्ममा निर्माण गरेर बसेका कलाकार हुन् । उनले प्रचारका क्रममा भनेका थिए, ‘वितरकले टिकट किन्न पैसा जम्मा गर्नू भने ।’

जितुलाई वितरकले भनेका हुन्– हलमा लागेपछि आफ्नो फिल्मका लागि टिकट काट्न पैसा छुट्याउनू ।

यो निर्माताले नै टिकट किन्न अभ्यासका जितुका हकमा नयाँ हुन सक्छ तर, चलिआएको धेरै भयो । सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ निर्माताले खुलेआम नै १५ लाख बढीको टिकट किनेको स्वीकार गरेका थिए ।

अनौपचारिक कुराकानीमा प्रायः सबै मेकरहरू टिकट किन्ने अभ्यारबारे ठूलै स्वरले कुरा गर्छन् । धेरैले यो अभ्यास अंगिकार पनि गरेका छन् ।

केही मेकरहरूले खुलेर बोलेपछि यो विषयले चर्चा पाएको हो । तर, निर्माता आफैँले टिकटको पैसा किन्ने अभ्यास नेपाली सिनेमा क्षेत्रमा मौलाइसकेको छ । अनिवार्य जस्तो नै देखिएको छ ।

कलाकारलाई पारिश्रमिक, प्राविधिकलाई पारिश्रमिक र प्रचार खर्चलगायतका जसरी टिकट किन्नका लागि पनि निर्माताले रकम छुट्याउन पर्ने अवस्था आएको छ । यो पछिल्लो समय नेपाली निर्माताले भोगेको नियति हो ।

किन निर्माता नै काट्छन् टिकट ?

अहिले एकआध फिल्मबाहेक सबैको प्रचार कमजोर नै देखिन्छ । केही फिल्मको भने देशव्यापी नै प्रचार भएको पाइन्छ ।
युट्युब अन्तर्वार्तामा नै फिल्मको प्रचार सीमित छ ।

कुनै फिल्म त कहिले प्रदर्शनमा आयो र कहिले हलबाट उत्रियो दर्शकलाई थाहै हुँदैन ।

कमजोर अनुकपेन्सी देखिएपछि हलहरूले शो संख्या कटौती गर्छन् । केही दिनमै शो संख्या घटेपछि पहिलो साता नै फिल्म हलबाट उत्रने अवस्था रहन्छ ।

हलवालालाई झुक्याउनलाई निर्माता आफैँ टिकट काट्छन् वा काट्न लगाइन्छ । फेक हाउसफुल देखाउना निर्माताले टिकट काट्ने प्रवृत्ति विकास भएको हो ।

यसो गर्दा काटिएको टिकट कलेज, निकट व्यक्ति र विभिन्न संस्थाहरूलाई बाढ्ने गरेको पाइन्छ । तर, दर्शक पनि ‘दम नभएको फिल्मको टिकट आयो’ भन्ने विषयमा जानकार भइसकेकाले हलमा जाँदैनन् । बुकिङ हाउसफुल देखिए पनि हलमा दर्शकको उपस्थिति कमजोर देखिन्छ ।

फेरि त्यही ‘फेक हाउसफुल’लाई निर्माण टिमले प्रचारको मसला बनाउँछ । यही फेक हाउसफुल बुकिङको स्क्रिनसट लिएर सामाजिक सञ्जालमा फिल्मको दर्शकको आकर्षण रहेको देखाउने प्रयास गरिन्छ ।

हाउसफुलको अर्थ फिल्ममा दर्शकको आकर्षण भन्ने बुझिन्छ । ‘अरुले मन पराएको फिल्म हेर्न पक्कै राम्रो होला म पनि हेर्न जान्छु’ भन्ने मानसिकताले दर्शकमा पर्छ भन्ने बुझाइका साथ निर्माण पक्षबाट छल्ने काम भइरहेको छ ।

शो संख्या घट्न नदिन र प्रचारको मसला बनाउन निर्माता नै टिकट काट्न बाध्य छन् । नाम नखुलाउने सर्तमा एक मेकर भन्छन्, ‘प्रचारमा १ करोड सक्नुभन्दा त बरु टिकट किन्न उचित मानेको पाइन्छ । १ करोडको टिकट कट्दा त आधा फिर्ता त हुन्छ । अनि १ करोडको अकुपेन्सी देखिएपछि त राम्रै हल्ला खल्ला पो हुन्छ ।’

टिकट बिक्री रकमको ३०–४० प्रतिशत निर्माता पाउँछन् । १ करोडको टिकट बिक्री हुँदा ३०–४० लाख निर्माताको भागमा पर्छ ।
प्रचारमा खर्च गरेको पैसा फिर्ता हुँदैन । तर, टिकट किनेको केही प्रतिशत फिर्ता हुने ती मेकरको आशय हो ।

यसरी टिकट किनेर दर्शकलाई बाढ्ने प्रवृत्तिले फिल्म क्षेत्र र फिल्मलाई नै सस्तो बनाइरहेको छ ।

केही निर्माताले त हलमा दर्शक भर्न जिम्मेवारी दिएर ठेकेदार नै खडा गरेको समेत पाइन्छ । एक निर्माताले टिकट किन्ने र दर्शक भर्ने काम दिएर पारिश्रमिक नदिएको व्यक्ति खबरहबको सम्पर्कमा समेत छन् ।

उनी भन्छन्, ‘मैले आफैँ टिकट काटेर दर्शकलाई हलमा लगेँ । पछि एकमुस्ट रकम दिन्छु भनेर निर्माता सम्पर्कविहीन भए ।’

प्रतिष्ठाको विषय

फिल्मको बक्स अफिस कलेक्सनलाई मेकर र कलाकारहरूले प्रतिष्ठाको विषयका रुपमा लिन्छन् ।

बढी कलेक्सनलाई इज्जत र कमजोर कलेक्सन लाजको विषयका रुपमा मेकरहरूले ग्रहण गरेका छन् ।

अहिले चलचित्र विकास बोर्डले साप्ताहिकरुपमा ग्रस कलेक्सन रिपोर्ट सार्वजनिक गर्न थालेपछि मेकरहरू झन् तनावमा देखिन्छन् ।

‘आफ्नो फिल्मको कमजोर व्यापार सार्वजनिक भयो भने ?’ भन्ने डरमा उनीहरू छन् ।

यही ‘इज्जत जोगाउने’ मानसिकतामा लागेर निर्माताले टिकट काटेको उदाहरण पनि छ ।

फिल्म फ्लप हुँदा कलाकारको डिमान्ड पनि घट्छ । सोहीकारण कलाकार आफैँले टिकट किनेको घटना फिल्मवृत्तमा सुनिन्छ ।
टिकट किन्ने अभ्यास कस्तो हो ?

भारतमा पनि फिल्मको फेक व्यापार देखाउने प्रवृत्ति व्याप्त छ । बजार विश्लेषकहरूले यसलाई गलत अभ्यास भन्दै आएका छन् ।

भारतमा केही नायकले फेक बुकिङ गराएर हलबाट उत्र न लागेको फिल्मलाई सुपरहिट बनाएको समाचार बनाएका छन् ।

‘कन्टेन्टमा दम भएको’ फिल्म सुरुवाती दिनको कमजोर अकुपेन्सीले हलबाट उत्रने अवस्था आएमा फेक टिकट बुकिङ गरी टिकाउनुलाई व्यापारिक रणनीति मान्न सकिन्छ ।

तर, टिकट किन्ने अभ्यासलाई प्रदर्शनको नियमित हिस्सा बनाउनुले फिल्म क्षेत्रको गरिमालाई नै धक्का दिन्छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ८ : ४६ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी