हालान्डको निर्णायक गोलमा नर्वे विश्वकपको अन्तिम १६ मा : अब ब्राजिलसँग भिड्ने « Khabarhub

हालान्डको निर्णायक गोलमा नर्वे विश्वकपको अन्तिम १६ मा : अब ब्राजिलसँग भिड्ने


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइभरी कोस्टलाई पराजित गर्दै नर्वे प्रतियोगिताको अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको छ ।

अमेरिकाको डलास रङ्गशालामा बुधबार भएको रोमाञ्चक खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले स्तब्ध पारेको हो । अब क्वार्टरफाइनल प्रवेशका लागि नर्वेले उपाधि दाबेदार ब्राजिलको सामना गर्नेछ ।

खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको आइभरी कोस्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ७४औँ मिनेटमा अमाद डियाल्लोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

खेल बराबरीको दिशातिर धकेलिरहेका बेला ८६औँ मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई २–१ को निर्णायक अग्रता दिलाए । बाँकी समयमा थप गोल हुन नसकेपछि नर्वेले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्‍यो ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ५ : ५७ बजे

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम