एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा : ३–० ले पराजित स्विडेन विश्वकपबाट बाहिरियो « Khabarhub

एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा : ३–० ले पराजित स्विडेन विश्वकपबाट बाहिरियो


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनको मद्दतले स्विडेनलाई सहजै पराजित गर्दै फ्रान्स फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ।

अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालामा भएको एकपक्षीय खेलमा फ्रान्सले स्विडेनमाथि ३–० को शानदार जित दर्ता गर्‍यो। अब क्वार्टरफाइनल प्रवेशका लागि फ्रान्सले अन्तिम १६ मा पाराग्वेको सामना गर्नेछ ।

फ्रान्सलाई जित दिलाउन स्टार स्ट्राइकर किलियन एम्बाप्पेले दुई गोल गरे । खेलको ४५औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै फ्रान्सले आफ्नो अग्रता दोब्बर बनायो । ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै टोलीलाई २–० को स्थितिमा पुर्‍याए ।

खेलको ७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ३–० को सहज जित सुनिश्चित गर्‍यो । स्विडेनले खेल अवधिभर फ्रान्सेली रक्षापङ्क्तिलाई खासै चुनौती दिन सकेन ।

विश्वकपको अन्तिम ३२ अन्तर्गत नै गए राति भएको अर्को खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । त्यस्तै, अर्को खेलमा आज बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ६ : ०४ बजे

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम