एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा : ३–० ले पराजित स्विडेन विश्वकपबाट बाहिरियो « Khabarhub

एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा : ३–० ले पराजित स्विडेन विश्वकपबाट बाहिरियो


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनको मद्दतले स्विडेनलाई सहजै पराजित गर्दै फ्रान्स फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ।

अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालामा भएको एकपक्षीय खेलमा फ्रान्सले स्विडेनमाथि ३–० को शानदार जित दर्ता गर्‍यो। अब क्वार्टरफाइनल प्रवेशका लागि फ्रान्सले अन्तिम १६ मा पाराग्वेको सामना गर्नेछ ।

फ्रान्सलाई जित दिलाउन स्टार स्ट्राइकर किलियन एम्बाप्पेले दुई गोल गरे । खेलको ४५औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै फ्रान्सले आफ्नो अग्रता दोब्बर बनायो । ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै टोलीलाई २–० को स्थितिमा पुर्‍याए ।

खेलको ७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ३–० को सहज जित सुनिश्चित गर्‍यो । स्विडेनले खेल अवधिभर फ्रान्सेली रक्षापङ्क्तिलाई खासै चुनौती दिन सकेन ।

विश्वकपको अन्तिम ३२ अन्तर्गत नै गए राति भएको अर्को खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । त्यस्तै, अर्को खेलमा आज बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ६ : ०४ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको