इक्वेडोरका खेलाडीको निन्द्रा बिगार्न मेक्सिकन प्रशंसकको हर्कत, फुटबल महासङ्घको उजुरी « Khabarhub

इक्वेडोरका खेलाडीको निन्द्रा बिगार्न मेक्सिकन प्रशंसकको हर्कत, फुटबल महासङ्घको उजुरी


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप फुटबलको अन्तिम ३२ को निर्णायक खेलअघि मेक्सिकन समर्थकले विपक्षी टोली इक्वेडोरका खेलाडीलाई रातभर सुत्न नदिन होटल बाहिर हर्कत गरेका छन् ।

मेक्सिको सिटीमा हुने खेलअगाडि मेक्सिकन प्रशंसकले इक्वेडोरका खेलाडी बसेको होटल बाहिर लाउडस्पिकर, हर्न र मोटरसाइकलको चर्को आवाज निकालेर उनीहरूको आराममा बाधा पुर्‍याएका हुन् । मेक्सिकोको राजधानी बाहिर रहेको एउटा महँगो क्षेत्र सान्ता फेस्थित ‘वेस्टिन होटल’ बाहिर मध्यरातदेखि बिहान सबेरैसम्म दर्जनौँ समर्थकले यस्तो चर्को कोलाहल मच्चाएका थिए ।

ल्याटिन अमेरिकी फुटबलमा विपक्षी टोली बसेको होटल बाहिर यस्तो हर्कत गर्नु एउटा पुरानो र विवादित परम्पराको रूपमा रहँदै आएको छ । सुरुमा आफ्ना घरेलु टोलीलाई समर्थन र हौसला दिन सुरु गरिएको यो शैली अचेल विपक्षी खेलाडीको निन्द्रा बिगारेर मानसिक दबाब दिने ‘मनोवैज्ञानिक हतियार’का रूपमा प्रयोग हुन थालेको छ ।

यस घटनाप्रति गम्भीर आपत्ति जनाउँदै इक्वेडोर फुटबल महासङ्घ (एफईएफ) ले विश्वकप खेलका आयोजकसमक्ष औपचारिक उजुरी दर्ता गराएको छ ।

महासङ्घले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यस्तो व्यवहार विश्वकपले बोक्ने ‘फेयर प्ले’ समानता र एकताको सिद्धान्तको पूर्ण रूपमा विपरीत छ । एफईएफ सम्बन्धित निकायहरूलाई यस्ता घटनामा विशेष ध्यान दिन र हाम्रा खेलाडी, प्रशिक्षक तथा समर्थकको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गर्दछ ।”

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ६ : ५४ बजे

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम