इक्वेडोरका खेलाडीको निन्द्रा बिगार्न मेक्सिकन प्रशंसकको हर्कत, फुटबल महासङ्घको उजुरी « Khabarhub

इक्वेडोरका खेलाडीको निन्द्रा बिगार्न मेक्सिकन प्रशंसकको हर्कत, फुटबल महासङ्घको उजुरी


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप फुटबलको अन्तिम ३२ को निर्णायक खेलअघि मेक्सिकन समर्थकले विपक्षी टोली इक्वेडोरका खेलाडीलाई रातभर सुत्न नदिन होटल बाहिर हर्कत गरेका छन् ।

मेक्सिको सिटीमा हुने खेलअगाडि मेक्सिकन प्रशंसकले इक्वेडोरका खेलाडी बसेको होटल बाहिर लाउडस्पिकर, हर्न र मोटरसाइकलको चर्को आवाज निकालेर उनीहरूको आराममा बाधा पुर्‍याएका हुन् । मेक्सिकोको राजधानी बाहिर रहेको एउटा महँगो क्षेत्र सान्ता फेस्थित ‘वेस्टिन होटल’ बाहिर मध्यरातदेखि बिहान सबेरैसम्म दर्जनौँ समर्थकले यस्तो चर्को कोलाहल मच्चाएका थिए ।

ल्याटिन अमेरिकी फुटबलमा विपक्षी टोली बसेको होटल बाहिर यस्तो हर्कत गर्नु एउटा पुरानो र विवादित परम्पराको रूपमा रहँदै आएको छ । सुरुमा आफ्ना घरेलु टोलीलाई समर्थन र हौसला दिन सुरु गरिएको यो शैली अचेल विपक्षी खेलाडीको निन्द्रा बिगारेर मानसिक दबाब दिने ‘मनोवैज्ञानिक हतियार’का रूपमा प्रयोग हुन थालेको छ ।

यस घटनाप्रति गम्भीर आपत्ति जनाउँदै इक्वेडोर फुटबल महासङ्घ (एफईएफ) ले विश्वकप खेलका आयोजकसमक्ष औपचारिक उजुरी दर्ता गराएको छ ।

महासङ्घले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यस्तो व्यवहार विश्वकपले बोक्ने ‘फेयर प्ले’ समानता र एकताको सिद्धान्तको पूर्ण रूपमा विपरीत छ । एफईएफ सम्बन्धित निकायहरूलाई यस्ता घटनामा विशेष ध्यान दिन र हाम्रा खेलाडी, प्रशिक्षक तथा समर्थकको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गर्दछ ।”

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ६ : ५४ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप