६० वर्ष लामो विश्वकप उपाधि खडेरी तोड्ने दाउमा इंग्ल्यान्ड, आज कङ्गोसँग भिड्दै « Khabarhub

६० वर्ष लामो विश्वकप उपाधि खडेरी तोड्ने दाउमा इंग्ल्यान्ड, आज कङ्गोसँग भिड्दै


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक खेलमा बुधबार उपाधि दावेदार इंग्ल्यान्डले पहिलोपटक नकआउट चरणमा पुगेको प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) को सामना गर्दैछ । अमेरिकाको एटलान्टास्थित एटलान्टा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज राति पौने १० बजे सुरु हुनेछ ।

समूह चरणमा अपराजित रहँदै अघिल्लो चरण प्रवेश गरेको इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेल र उनको टोली कङ्गोविरुद्ध कुनै कसर बाँकी नराख्ने दाउमा छ । यद्यपि, पछिल्ला खेलहरूमा इंग्ल्यान्डको प्रदर्शन सोचेजस्तो आक्रामक र प्रभावकारी नदेखिएको भन्दै आलोचना भइरहेका बेला कङ्गोले उसलाई कडा चुनौती दिन सक्ने अनुमान गरिएको छ ।

कसरी आइपुगे अन्तिम ३२ मा ?
इंग्ल्यान्ड समूह ‘एल’ को विजेता बन्दै अन्तिम ३२ मा पुगेको हो । समूह चरणमा इंग्ल्यान्डले क्रोएसियालाई ४-२ र पानामालाई २-० ले पराजित गरेको थियो भने घानासँग ०-० को बराबरी खेलेको थियो ।

अर्कोतर्फ, कङ्गो समूह ‘के’ मा ४ अंक जोड्दै तेस्रो स्थानमा रहेर उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउट चरणमा छानिएको हो । कङ्गोले पोर्चुगलसँग १-१ को बराबरी खेलेको थियो भने कोलम्बियासँग १-० को पराजय भोगेको थियो । समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानलाई ३-१ ले हराउँदै कङ्गोले इतिहास रचेको हो ।

६० वर्षको उपाधि खडेरी र कङ्गोको ‘सपना’
इंग्ल्यान्डले सन् १९६६ यता कुनै पनि ठुलो अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । कप्तान ह्यारी केन र जुड बेलिङ्घमले समूह चरणमा कुल ५ गोल गर्दै टोलीलाई अगाडि बढाएका छन् । कङ्गोविरुद्धको खेल जितेमा इंग्ल्यान्डले उपाधि यात्रामा थप ४ खेल खेल्नुपर्नेछ । तर, उसको आगामी यात्रा सहज भने छैन, जहाँ घरेलु टोली मेक्सिको, ब्राजिल र अर्जेन्टिना जस्ता महारथीहरूसँग सामना हुन सक्छ ।

कङ्गोका लागि भने यो विश्वकप आफैँमा ठुलो सफलता हो । यसअघि सन् १९७४ मा ‘जायरे’ को नामबाट विश्वकप खेलेको कङ्गोले त्यतिबेला एक गोल पनि गर्न नसकी १४ गोल खाएर बाहिरिएको थियो । ५२ वर्षपछि विश्वकपमा फर्किएको कङ्गोले घरदेशमा फैलिएको इबोला संकट र महामारीका बीच पनि कडा मिहिनेत गर्दै ऐतिहासिक नकआउट यात्रा तय गरेको हो । यो खेलमा इंग्ल्यान्ड बलियो टोली मानिए पनि कङ्गोले अर्को एउटा अप्रत्याशित नतिजा निकाल्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ७ : ३२ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप