बयालपाटा प्रादेशिक अस्पताल अछाममा एकै दिन ६ वटा सफल शल्यक्रिया « Khabarhub

बयालपाटा प्रादेशिक अस्पताल अछाममा एकै दिन ६ वटा सफल शल्यक्रिया


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामस्थित बयालपाटा प्रादेशिक अस्पतालले एकै दिन ६ वटा सफल हाडजोर्नीसम्बन्धी शल्यक्रिया सम्पन्न गरेको छ । 

अस्पतालका अनुसार शल्यक्रिया गरिएका अधिकांश बिरामी डोटी जिल्लाका रहेका छन् । अस्पतालमा उपचार गरिएका बिरामीमध्ये ५ देखि ७  वर्ष उमेरका चार बालबालिकामा कोहिनोको सुप्राकोन्डाइलर ह्युमेरस टाइप–३ फ्र्याक्चर देखिएको थियो । 

त्यस्तै, १५ वर्षीय एक किशोरको देब्रे हातको नाडी फ्र्याक्चर तथा ५० वर्षीय एक पुरुषको देब्रे घुँडाको जटिल फ्र्याक्चरको पनि सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । 

शल्यक्रिया गरिएका ६ बिरामीमध्ये ५ जना डोटी जिल्लाबाट उपचारका लागि आएका थिए। सफल उपचारपछि ६ मध्ये ५ जना बिरामीलाई सोही दिन डिस्चार्ज गरी घर पठाइएको अस्पतालले जनाएको छ।

अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीका अनुसार आकस्मिक कक्ष (ईआर), वार्ड, शल्यक्रिया कक्ष (ओटी) लगायत विभिन्न विभागबीचको प्रभावकारी समन्वयका कारण एकै दिनमा सबै शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्न सम्भव भएको हो ।

अस्पतालले शल्यक्रिया सेवा मात्र नभई बिरामीको स्वास्थ्य तथा शारीरिक कार्यक्षमताको पुनःस्थापनामा समेत विशेष ध्यान दिँदै आएको जनाएको छ । अस्पताल प्रशासनले यस सफल कार्यमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मी, चिकित्सक तथा सहयोगी कर्मचारीप्रति धन्यवाद व्यक्त गरेको छ ।

बिरामी अस्पतालमा भर्ना भएदेखि आकस्मिक सेवा, वार्ड, शल्यक्रिया तथा पुनःस्थापनाको सम्पूर्ण प्रक्रियामा अस्पताल टोली निरन्तर साथमा रहने प्रतिबद्धता पनि अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ११ : ३० बजे

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ