बाढीपीडित बोखिमका किसानलाई राहतमा सिँचाइ पाइप  « Khabarhub

बाढीपीडित बोखिमका किसानलाई राहतमा सिँचाइ पाइप 


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर नगरपालिका–५ बोखिममा बाढीबाट प्रभावित किसानलाई लक्षित गर्दै सिँचाइ पाइप वितरण गरिएको छ । गत वैशाख १२ गते आएको अविरल वर्षापछिको बाढीले यहाँका विभिन्न सिँचाइ कुलोमा क्षति पुर्‍याएपछि समस्या भोगिरहेका किसानलाई राहत उपलब्ध गराउने उद्देश्यले वडाले निःशुल्क पाइप वितरण गरेको हो ।

बाढीका कारण बोखिम क्षेत्रका करिब ६० देखि ७० वटा कुलो मुहानमा क्षति पुगेको वडाले जनाएको छ । कुलो भत्किँदा खेतसम्म पानी पुर्‍याउन समस्या हुँदा किसान खेतीपाती गर्न निकै कठिन अवस्थामा पुगेका थिए । विशेषगरी रोपाइँका लागि सिँचाइ अभावले उत्पादनमा प्रत्यक्ष असर पर्ने देखिएको थियो ।

यस अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले तत्काल पहल गर्दै करिब तीन लाख ५० हजार रुपैयाँ बराबरको सिँचाइ पाइप खरिद गरी प्रभावित किसानलाई वितरण गरेको वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए । उनका अनुसार वितरण गरिएको पाइपले अस्थायी रूपमा भए पनि कुलो सञ्चालनमा ल्याउन सहयोग पुग्नेछ ।

बाढीबाट पुगेको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न वडाले स्थानीयस्तरमै अनुगमन समिति गठन गरेको थियो । उक्त समितिले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनका आधारमा वास्तविक पीडित किसान पहिचान गर्दै पाइप वितरण गरिएको वडाध्यक्ष प्रधानले बताए । यसले वितरण प्रक्रियालाई पारदर्शी र लक्षित बनाउन सहयोग पुगेको उनको भनाइ छ ।

स्थानीय किसान दीपक दङ्गालले बाढीका कारण कुलो पूर्ण रूपमा बगाउँदा सिँचाइका लागि निकै समस्या भएको बताए । ‘कुलो बिग्रिएपछि खेतमा पानी ल्याउन सकिएको थिएन’, उनले भने, ‘रोपाइँ नै रोकिएको अवस्था थियो । वडाबाट पाइप पाएपछि अहिले अस्थायी रूपमा पानी ल्याउन सहजता भएको छ ।’

स्थानीय तहको यो पहलले बाढीपछि उत्पन्न समस्या समाधानमा महत्त्वपूर्ण भूमिका खेलेको स्थानीयवासीको भनाइ छ । दीर्घकालीन रूपमा भने स्थायी संरचना निर्माण गरी सिँचाइ प्रणाली मजबुत बनाउन आवश्यक रहेको उनीहरूको सुझाव छ । 

वडाले आगामी दिनमा पनि विपद् व्यवस्थापन तथा पूर्वतयारीका कार्यक्रमलाई प्राथमिकतामा राख्दै किसानमैत्री योजना सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १२ : ४८ बजे

नारायण दाहालले भने- लामो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थाल्यो

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले लामो संघर्ष र योगदानबाट

विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत भेटिइन्

कैलाली- कैलालीमा विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी

पलाउमा आप्रवासी निर्वासन सुरु, ट्रम्प प्रशासनको नयाँ कदम

सिड्नी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिमा कडाइ गर्दै उष्णकटिबन्धीय

रुखमा अड्किएको बम जसले सम्झाउँछ माओकालीन चिनियाँ क्रान्ति 

चियाङ्सी– विश्वकै धेरै सदस्य भएको चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार १०५

बाँकेमा रासायनिक मल वितरण

नेपालगन्ज– जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणाली अनुरूप रासायनिक मल