राहदानी प्रकरणमा नेपाललाई विरोधपत्र नदिएको जर्मन दूतावासको स्पष्टिकरण « Khabarhub

राहदानी प्रकरणमा नेपाललाई विरोधपत्र नदिएको जर्मन दूतावासको स्पष्टिकरण


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीले नेपालसँगको राहदानी खरिद प्रकरणमा सार्वजनिक भएका समाचारहरूलाई लिएर खण्डन गरेको छ ।

काठमाडौंस्थित जर्मन दूतावासले सामाजिक सञ्जाल फेसबुकमा ३ बुँदे स्पष्टीकरण दिँदै राहदानी प्रकरणमा जर्मनले नेपाललाई कुनै विरोधपत्र नदिएको जनाएको हो ।

बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूतलाई जर्मन संघीय विदेश मन्त्रालयमा कूटनीतिक छलफलका लागि निमन्त्रणा गरिएको तर यसलाई कतिपय सञ्चार माध्यममा भनिएजस्तो नबोलाइएको जर्मन दूतावासले जनाएको छ । सो बैठकका क्रममा नेपाललाई कुनै पनि किसिमको विरोध पत्र वा अन्य कुनै औपचारिक दस्तावेज हस्तान्तरण नगरिएको उक्त पोस्टमा उल्लेख छ ।

यसैगरी, जर्मनीले नेपालमा चलिरहेको अदालती प्रक्रियाको परिणामलाई लिएर कुनै पनि प्रकारको चेतावनी वा सम्भावित नतिजाबारे जानकारी नदिइएको कुरालाई पनि स्पष्ट पारेको छ । 

जर्मनीको आफ्नै संविधानमा न्यायपालिकाको स्वतन्त्रताको सिद्धान्त उल्लेख भएकाले उसले नेपालको न्यायपालिकाको स्वतन्त्रतालाई पनि पूर्ण सम्मान गर्ने बताएको छ । आफ्नो स्थापित कूटनीतिक सिद्धान्त अनुरूप जर्मन दूतावासले हालसम्म चलिरहेको अदालती मुद्दामा कुनै पनि टिप्पणी नगरेको र यस प्रकरणमा पनि कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १२ : ५४ बजे

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत