राहदानी प्रकरणमा नेपाललाई विरोधपत्र नदिएको जर्मन दूतावासको स्पष्टिकरण « Khabarhub

राहदानी प्रकरणमा नेपाललाई विरोधपत्र नदिएको जर्मन दूतावासको स्पष्टिकरण


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीले नेपालसँगको राहदानी खरिद प्रकरणमा सार्वजनिक भएका समाचारहरूलाई लिएर खण्डन गरेको छ ।

काठमाडौंस्थित जर्मन दूतावासले सामाजिक सञ्जाल फेसबुकमा ३ बुँदे स्पष्टीकरण दिँदै राहदानी प्रकरणमा जर्मनले नेपाललाई कुनै विरोधपत्र नदिएको जनाएको हो ।

बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूतलाई जर्मन संघीय विदेश मन्त्रालयमा कूटनीतिक छलफलका लागि निमन्त्रणा गरिएको तर यसलाई कतिपय सञ्चार माध्यममा भनिएजस्तो नबोलाइएको जर्मन दूतावासले जनाएको छ । सो बैठकका क्रममा नेपाललाई कुनै पनि किसिमको विरोध पत्र वा अन्य कुनै औपचारिक दस्तावेज हस्तान्तरण नगरिएको उक्त पोस्टमा उल्लेख छ ।

यसैगरी, जर्मनीले नेपालमा चलिरहेको अदालती प्रक्रियाको परिणामलाई लिएर कुनै पनि प्रकारको चेतावनी वा सम्भावित नतिजाबारे जानकारी नदिइएको कुरालाई पनि स्पष्ट पारेको छ । 

जर्मनीको आफ्नै संविधानमा न्यायपालिकाको स्वतन्त्रताको सिद्धान्त उल्लेख भएकाले उसले नेपालको न्यायपालिकाको स्वतन्त्रतालाई पनि पूर्ण सम्मान गर्ने बताएको छ । आफ्नो स्थापित कूटनीतिक सिद्धान्त अनुरूप जर्मन दूतावासले हालसम्म चलिरहेको अदालती मुद्दामा कुनै पनि टिप्पणी नगरेको र यस प्रकरणमा पनि कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १२ : ५४ बजे

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको