विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत भेटिइन् « Khabarhub

विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत भेटिइन्


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीमा विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।

लम्कीचुहा नगरपालिका–४ की मनिषा विक बुधबार रोरा खोला किनारमा मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जनचेतना प्राथमिक विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत मनिषालाई मंगलबार बिहान करिब ७ बजे उनकी हजुरआमाले विद्यालय पुर्‍याएकी थिइन्। विद्यालयको नियमित बिदा समय बिहान ११ बजे भए पनि मंगलबार विशेष कारणवश ९ बजे नै बिदा गरिएको थियो।

हजुरआमा नियमित समयअनुसार ११ बजे विद्यालय लिन पुग्दा मनिषा त्यहाँ नभेटिएपछि परिवारले खोजी सुरु गरेको थियो। बालिका सम्पर्कविहीन भएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी अभियान सञ्चालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार बुधबार लम्कीचुहा नगरपालिका–५ चौरीस्थित रोरा खोला किनारमा मनिषाको शव फेला परेको हो।

घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १ : ५९ बजे

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन