विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत भेटिइन् « Khabarhub

विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत भेटिइन्


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीमा विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।

लम्कीचुहा नगरपालिका–४ की मनिषा विक बुधबार रोरा खोला किनारमा मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जनचेतना प्राथमिक विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत मनिषालाई मंगलबार बिहान करिब ७ बजे उनकी हजुरआमाले विद्यालय पुर्‍याएकी थिइन्। विद्यालयको नियमित बिदा समय बिहान ११ बजे भए पनि मंगलबार विशेष कारणवश ९ बजे नै बिदा गरिएको थियो।

हजुरआमा नियमित समयअनुसार ११ बजे विद्यालय लिन पुग्दा मनिषा त्यहाँ नभेटिएपछि परिवारले खोजी सुरु गरेको थियो। बालिका सम्पर्कविहीन भएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी अभियान सञ्चालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार बुधबार लम्कीचुहा नगरपालिका–५ चौरीस्थित रोरा खोला किनारमा मनिषाको शव फेला परेको हो।

घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १ : ५९ बजे

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै

राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केही दिनयता मधेशका