परराष्ट्रमन्त्रीको जवाफ- मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न कसैसँग कुनै सम्झौता भएको छैन « Khabarhub

परराष्ट्रमन्त्रीको जवाफ- मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न कसैसँग कुनै सम्झौता भएको छैन


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न कसैसँग कुनै सम्झौता नभएको बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूको प्रश्नोत्तरमा मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् । 

उनले प्राकृतिक स्रोत र त्यसको उपयोगका सम्बन्धमा नेपालको संविधानमा उल्लेख व्यवस्थाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको समेत बताए । 

त्यस्तै मन्त्री खनालले नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरीत हुने गरी कुनै पनि सम्झौता नगर्ने समेत स्पष्ट पारे । 

उनले नेपाल र भारत बीचको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि, सम्झौता तथा नक्साका आधारमा सीमा सम्बन्धी समस्याहरूको समाधान कूटनीतिक वार्ताको माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको बताए । 

उनले वर्तमान सरकारले राष्ट्रिय हित र मुलुकको छवि प्रवर्द्धनमा केन्द्रित रहेको र परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । परराष्ट्र सम्बन्ध सञ्चालनको विषय संवेदनशील भएकाले यस विषयमा सबैको दायित्व, योगदान र भूमिका रहने उनको भनाइ छ । 
 

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  २ : ४४ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ