राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि दफावार छलफल, डिजिटल अपराध अनुसन्धानलाई समेट्न सुझाव « Khabarhub

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि दफावार छलफल, डिजिटल अपराध अनुसन्धानलाई समेट्न सुझाव


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को प्रस्तावना तथा विभिन्न दफामाथि दफाबार छलफल भएको छ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा सांसदहरूले गम्भीर अपराधको न्याय निरुपणलाई विश्वसनीय बनाउन, अपराधको वर्गीकरण तथा प्रभावकारी अध्ययन र अनुसन्धानका लागि स्पष्ट व्यवस्था विधेयकको प्रस्तावनामै समावेश गर्नुपर्ने सुझाव दिएका छन्।

समितिका सदस्यहरूले प्रविधिमा आधारित अपराध बढ्दै गएकाले जैविक र भौतिक प्रमाणसँगै डिजिटल अपराधको परीक्षण तथा अनुसन्धानसम्बन्धी व्यवस्था पनि विधेयकमा समेट्नुपर्ने आवश्यकता औँल्याए।

उनीहरूले नमूना सङ्कलनपछि परीक्षणका लागि लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक जनशक्ति र प्रयोगशालाको व्यवस्थालाई कानुनमै सुनिश्चित गर्नुपर्ने धारणा राखे।

समितिका सभापति डा. ओजस्वी शेरचनले विधि विज्ञान प्रयोगशालाका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने शैक्षिक व्यवस्था नेपालमा पर्याप्त नभएकाले शैक्षिक योग्यतासम्बन्धी विषयमा आवश्यक तथ्याङ्क प्राप्त भएपछि समितिले निर्णय गर्ने जानकारी दिए।

छलफलका क्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्राथमिक तहका शिक्षकको दरबन्दी नभएका विद्यालयमा बाध्यात्मक अवस्थामा माध्यमिक तहका प्रधानाध्यापकले विद्यालय सञ्चालन गर्नुपरेको अवस्था रहेको उल्लेख गरे।

समितिले विधेयकमाथिको आगामी दफावार छलफलमा सम्बन्धित मन्त्रालयका प्रतिनिधिसँगै विषयविज्ञ गोपाल चौधरीलाई आमन्त्रण गर्ने निर्णय गरेको छ।

उक्त विधेयक राष्ट्रियसभाबाट गत माघ २३ गते पारित भई प्रतिनिधिसभामा पुगेको हो।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  २ : ४३ बजे

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै

राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केही दिनयता मधेशका

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो