राष्ट्रिय मानव अधिकार आयोगद्वारा रास्वपासँग १८ वर्षमुनिका सदस्यबारे जानकारी माग « Khabarhub

राष्ट्रिय मानव अधिकार आयोगद्वारा रास्वपासँग १८ वर्षमुनिका सदस्यबारे जानकारी माग


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग १८ वर्षमुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गरिएको विषयमा स्पष्टीकरण तथा विवरण मागेको छ।

आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारका आधारमा यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। आयोगले रास्वपालाई मिति २०८३ असार १७ गते स्पष्टीकरणसहित आवश्यक जानकारी उपलब्ध गराउन पत्राचार गरेको उल्लेख गरेको छ।

आयोगका अनुसार प्रारम्भिक अध्ययनबाट १८ वर्षमुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गरिएको भन्ने विषय बालअधिकारसँग सम्बन्धित गम्भीर सरोकारको रूपमा देखिएको छ।

यस सम्बन्धमा आयोगले नेपाल सरकारका सम्बन्धित निकाय र अन्य सरोकारवालासँग समेत आवश्यक विवरण माग गरी अध्ययन अघि बढाएको जनाएको छ।

आयोगले बालअधिकारको संरक्षण तथा प्रचलित कानुनी व्यवस्था कार्यान्वयनका सन्दर्भमा प्राप्त हुने तथ्य र प्रमाणका आधारमा आवश्यक निर्णय तथा सिफारिस गरिने पनि स्पष्ट पारेको छ। विज्ञप्तिमा यस विषयमा भइरहेको अध्ययन र अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख छ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ४ : ०७ बजे

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत