मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु « Khabarhub

मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा सुरु गरेको छ। 

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ३२ को कार्यान्वयनस्वरूप अस्पतालले अनलाइन टिकट प्रणाली सञ्चालनमा ल्याएको हो।

मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयको अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दै सो निर्देशन समेत दिएको थियो।

अस्पतालले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमार्फत बिरामीले अस्पतालको वेबसाइटबाटै ओपीडी टिकट लिन सक्नेछन्। यस व्यवस्थासँगै टिकट लिन अस्पतालमा लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हट्ने अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार अनलाइनबाट टिकट लिने बिरामीले डिजिटल माध्यमबाट टिकट शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था पनि गरिएको छ। यसले सेवा प्रवाहलाई थप सहज, छरितो र पारदर्शी बनाउने विश्वास अस्पतालको छ।

अस्पतालका अनुसार सार्वजनिक बिदाबाहेक अन्य दिन ओपीडी सेवा बिहान ९ बजेदेखि १ बजेसम्म तथा दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ। 

तर अनलाइनबाट टिकट लिएका बिरामीलाई बिहानको ओपीडीका लागि ९:३० देखि १२:३० बजेसम्म तथा दिउँसोको ओपीडीका लागि २:३० देखि ४:३० बजेसम्म अस्पतालमा उपस्थित हुन अनुरोध गरिएको छ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ४ : १० बजे

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै

राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केही दिनयता मधेशका

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो