मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा « Khabarhub

मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दमौली– मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा सुरु हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत सो सेवा परीक्षणका रुपमा सुरु गर्न लागिएको हो । 
     
प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै आगामी असार २३ गते मंगलबारदेखि उक्त प्रसारण लाइनमा २२० किलो भोल्ट क्षमताको विद्युत् प्रवाह गरी परीक्षण गरिने जनाएको छ ।

युरोपियन बैंकको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मार्कीचोक–भरतपुर खण्डको निर्माण सम्पन्न भएको छ। 

राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्ने उद्देश्यले तनहुँको मार्कीचोकस्थित न्यू मर्स्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गरी परीक्षण गरिने आयोजना प्रमुख नारायण रेग्मीले जानकारी दिए ।

विद्युत् प्रवाह सुरु भएसँगै प्रसारण लाइन तथा त्यससँग सम्बन्धित संरचना उच्च जोखिमयुक्त हुने भएकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्राधिकरणले प्रसारण लाइनका टावरमा नचढ्न, कुनै वस्तुले नछुन, टावर वरपर अनावश्यक रूपमा नजान तथा चौपायालाई टावर नजिक चराउन वा छोड्न नदिन अनुरोध गरेको छ । 

प्रसारण लाइनको रुट तनहुँ, गोरखा र चितवन जिल्लाका विभिन्न क्षेत्र हुँदै गएको छ । तनहुँमा आँबुखैरेनी गाउँपालिका वडा नम्बर २, ३, ४ र ५, गोरखामा गोरखा नगरपालिका–१४ याङ्कोट क्षेत्र तथा चितवनमा भरतपुर महानगरपालिका–२९ अन्तर्गत जुगेडी, चौकीडाँडा क्षेत्र र इच्छाकामना गाउँपालिका–६ अन्तर्गत रिग्दीखोला क्षेत्र प्रसारण लाइनको प्रभाव क्षेत्रभित्र पर्नेछन् ।

मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्डको ठेक्का लिएको चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीले छनोट गरेको ‘सब– कन्ट्र्याक’बाट समयमै काम सम्पन्न गरी लाइन सञ्चालनमा ल्याउने अवस्था नदेखिएपछि निजी क्षेत्रका जलविद्युत् आयोजनाले आफैँ ‘सब–कन्ट्र्याक’ लिएर निर्माण गरिएको हो । 

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ४ : १६ बजे

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि