राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक : वामदेव गौतम « Khabarhub

राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक : वामदेव गौतम


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको बताएका छन् ।

पूर्व सांसद मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता गौतमले २०१५ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो ५ वर्षको पूर्ण कार्यकाल पुरा गर्न नसकेको भन्दै वर्तमान प्रणाली असफल भएको समेत बताए ।

उनले खर्चिलो निर्वाचन प्रणालीलाई सुधार्न पूर्ण समानुपातिक व्यवस्था आवश्यक रहेको समेत बताए । नेपालका लागि संघीयता आवश्यक नै नभएको भन्दै गौतमले संघीयता नै कायम गर्ने भए ‘केन्द्रीकृत व्यवस्था अन्तर्गतको संघीयता’ का रूपमा लैजानुपर्ने तर्क गरे ।

उनले राज्यले पूर्वसांसदहरुलाई सम्मान गर्न चाहे उनीहरूलाई उचित जिम्मेवारी दिन सुझाव दिए ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ५ : ११ बजे

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन