राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल « Khabarhub

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक (नेपाल वायुसेवा निगम)को पुनर्जागरणका लागि सबै इमान्दार बन्नुपर्ने बताएका छन् ।

नेपाल वायुसेवा निगमको ६८औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार भएर लाग्नुपर्ने बताए। 

निगमको विकासमा अहोरात्र खटिने इमान्दार, नैतीकवान र जिम्मेवार कर्मचारीको वृत्तिविकासमा मन्त्रालयले ध्यान दिने र अनियमितता गर्ने जोकोहीलाई कारबाही गरिने उनले स्पष्ट पारे।

मन्त्री पौडेलले निगमको प्रगतिका लागि मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले निगमका सम्पूर्ण कर्मचारीलाई कुशलतापूर्वक र जिम्मेवारीका साथ काम गर्न निर्देशन दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले निगमलाई बलियो बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए। उनले  विगतका अनुभवबाट शिक्षा लिँदै स्पष्ट दृष्टिकोणका साथ निगमलाई अघि बढाउनुपर्ने उल्लेख गरे। निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले विभिन्न चुनौतीका बाबजुद पनि पछिल्लो समय यात्रुको सङ्ख्या र आम्दानी वृद्धि हुनु सकारात्मक पक्ष रहेको बताए। 

सो अवसरमा मन्त्री पौडेलले निगमको गतिविधि समेटेर प्रकाशन गरेको  वार्षिक विशेषांक ‘आकाश भैरव’ पत्रिकाको लोकार्पण गरे। निगमको वार्षिकोत्सवका अवसरमा आजै निगमको केन्द्रीय कार्यालयबाट न्यूरोड जुद्ध शालिक हुँदै निगमको कार्यालयसम्म प्रभातफेरी आयोजना गरिएको थियो । 

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ५ : २८ बजे

उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका

स्टेर्ट अफ होर्मुजमा तेल ट्यांकर बारूदी सुरुङमा ठोक्कियो

तेहरान- होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ (सी माइन्स) मा ठोक्किएपछि

इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा

काठमाडौं- इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेई चाँडोभन्दा चाँडो परमाणु हतियार

साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने