आलुमा साङ्ला भेटिएपछि अदोरा होल्डिङलाई २ लाख ५० हजार जरिवाना « Khabarhub

आलुमा साङ्ला भेटिएपछि अदोरा होल्डिङलाई २ लाख ५० हजार जरिवाना


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिका- ३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको उजुरीपछि गरिएको आकस्मिक बजार अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री, लेबलविहीन खाद्यवस्तु तथा अन्य खाद्य सुरक्षा मापदण्ड उल्लंघन भएको भेटिएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा व्हाट्सएपमार्फत आलुको परिकारमा साङ्ला भेटिएको उजुरी प्राप्त भएपछि विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बुधबार अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा एक लिटरका तीन बोतल फ्रुट सिरपको उपभोग्य मिति सकिएको, लेबलविहीन करिब तीन किलो चाउमिन प्रयोग भएको, कृत्रिम खाद्य रङ प्रयोग गरिएको, प्रयोगपछि राखिएको करिब एक लिटर तेलको टीपीएम भ्यालु ३३ रहेको तथा फ्रिजको प्रयोग अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ ।

 
अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अदोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । 

साथै म्याद गुज्रिएका खाद्यवस्तु थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको, उच्च टीपीएम भएको करिब एक लिटर तेल र लेबलविहीन करिब तीन किलो चाउमिन नष्ट गरिएको तथा खाद्य स्वच्छता कायम गर्न र फ्रिजको व्यवस्थित प्रयोग गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ६ : ५० बजे

चुनदेवीमा सभापतिको बोर्ड टाँसेका देउवालाई सानेपाले कसरी सम्बोधन गर्ला ?

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा करिब पाँच महिनाको स्वास्थ्य

हुलाकमार्फत करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा

काठमाडौं– हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर

बाँदर आतंकले दोलखाका किसान हैरान, मकै जोगाउन खोज्दा ज्यान जोखिममा 

दोलखा– जिल्लामा पछिल्ला दिनमा जंगली जनावर बाँदरको आतंक बढेपछि जिल्लाभरका

सरकारी वकिलको कार्यालय लैजाँदा किशोर श्रेष्ठको हातमा हतकडी (तस्बिरहरु)

काठमाडौं- म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि वरिष्ठ पत्रकार किशोर

शेरबहादुरकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुन्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा