फिल्म क्यालेन्डरको वैशाख–जेठ : बक्स अफिसमा खै हिरो ? हिट फिल्म मात्रै एक ! « Khabarhub

फिल्म क्यालेन्डरको वैशाख–जेठ : बक्स अफिसमा खै हिरो ? हिट फिल्म मात्रै एक !


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्यसै पनि मेकरहरू जेठ, असार र साउनलाई फिल्म रिलिजका लागि उचित समय मान्दैनन् । विगतको अभ्यास हेर्ने हो भने पनि यी महिनामा अन्यको तुलनामा कमै फिल्म रिलिज भएको पाइन्छ ।

अहिले फिफा विश्वकप चलिरहेको छ । दर्शकले मनारञ्जनका लागि ठूलो उत्सव भेटेको छन् । भर्खरै फिल्म रिजिल गरेर फ्लप भाेगेका कलाकार जितु नेपाल भन्छन्, ‘मेरो फिल्म फ्लप हुनुको कारण समय पनि हो । अहिले दर्शकहरू विश्वकपमा केन्द्रित हुनुहुन्छ । दर्शकले विश्वकप नै इन्जोय गरिरहनु भएको छ ।’

जितुको फिल्म ‘आईएम जितबहादुर’ असार ५ बाट प्रदर्शनरत छ । बक्स अफिसमा कमजोर देखिएको याे फिल्मकाे सुरुवाती १० दिनको ग्रस कलेक्सन मात्रै ३१ लाख छ ।

असार महिनामा जितुको मात्रै फिल्म प्रदर्शनमा आयो । त्यसले पनि गत्तिलो व्यापार गरेन । यो वर्षका अघिल्ला दुई महिनाको हालत पनि त्यही देखिएको छ ।

एक्लो सफल, फिमेल लिड

फिल्म ‘लालीबजार’ले बानेश्वरमा गत सोमबार एक कार्यक्रम गरी प्रदर्शनको ५१ दिन मनायो । चलचित्र विकास बोर्डका अनुसार यसको ग्रस कलेक्सन ९ करोड ३१ लाख छ ।

चलचित्र विकास बोर्डले ७ करोडभन्दा माथि ग्रस कलेक्सन गर्ने फिल्मलाई हिटको सूचीमा राख्न थालेको छ । यस अर्थमा पनि यो फिल्म हिट नै हो ।

औसतमा एक नेपाली फिल्म २ करोड लगानीमा बन्छ । ७ करोडमाथि ग्रस कलेक्सन भएपछि फिल्म मुनाफामा जाने भएकाले हिट मानिएको हो ।

यो दुई महिनामा ११ फिल्म प्रदर्शनमा आए तर बक्स अफिसबाट लगानी उठाउने ‘लालीबजार’ मात्रै हो । याे फिमेल लिड फिल्म हाे । यसकाे शीर्ष कलाकार नायिका स्वस्तिमा खड्का हुन् ।

फिमेल लिड फिल्म बनाउन मेकरहरूले लगानी असुरक्षित मान्ने अभ्यास यथावत रहेको अवस्थामा स्वस्तिमाले हिट फिल्म दिइन् । त्यो पनि अहिलेका डिमान्डेड र महँगा नायकहरूको फिल्म डिजास्टर फ्लप भएको अवस्थामा ।

यस्ताे छ डिमान्डेड हिरोहरूको ताल

सौगात मल्ल स्टारर फिल्म ‘परालको आगो’ले केही हदसम्म लगानी सुरक्षितको बाटो देखाएको छ । बक्स अफिसबाटै यो फिल्मको लगानीको ठूलो हिस्सा रिकभर भएको छ ।

यो फिल्मको बक्स अफिस कलेक्सन ४ करोड २८ लाख छ । धेरैपछि सौगातको फिल्मले मध्यम व्यापार गरेको हो । बाँकी डिमान्डमा रहेका र महँगा स्टारहरूको फिल्मको व्यापार पनि बिजोग नै छ ।

सौगात र दयाहाङ स्टारर फिल्म ‘मितज्यू’को व्यापार १ करोड ३२ लाख छ । जबकि दयाहाङ अहिलेको अवस्थामा धेरै फिल्म दिने, डिमान्डेड र महँगा नायक हुन् ।

पछिल्लो समयमा महँगो हिरोका रुपमा फिल्मी वृत्तमा परिचित विपिन कार्कीको दुई फिल्म नै फ्लप भए । फिल्महरू ‘काजी’ले ४५ लाख र ‘पहाड’ले ६३ लाखकाे मात्रै व्यपार गरे । जबकि विपिनले एक फिल्मका लागि ६० लाख पारिश्रमिक लिने गरेको गसिप सहतमा छ ।

कीर्तिमानी ब्लकबस्टर ‘पूर्णबहादुरका सारङ्गी’ फेम्ड नायक वियज बरालले पनि फ्लपलाई निरन्तरता दिएका छन् । उनले यो वर्ष फिल्म ‘मालती मंगले’ प्रदर्शनमा आयो । तर, फिल्मको बक्स अफिस कलेक्सन ५२ लाख मात्रै । अर्थात्, फ्लप ।

यो वर्षको सुरुवाती तीन महिना फिल्मका व्यापारका लागि सुखद देखिएको छैन । मेकरहरूले बढी चासो साथ डिमान्ड गरेका नायकहरूको फिल्म फ्लप हुनु अर्को सोचनीय विषय हो ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ८ : ५७ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर