पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु « Khabarhub

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर आज एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर निवासी १० वर्षीया आशिका घर्ती रहेकोे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिए । उनका अनुसार लक्ष्मीपुर चोक नजिक सिँचाइका लागि बनाइएको मानव निर्मित ड्याममा डुबेर मृत्यु हुने बालिका सुनपुर सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् ।

आज बिहान आशिका दिदीसँग घरबाट विद्यालय गएकी थिइन् । उनी दिदीसँगै घर फर्किने क्रममा घरभन्दा करिब ५०० मिटर नजिकको ड्याममा पौडी खेल्ने भनेर पसिन् र पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको खबर पाएलगत्तै बालिकाको खोजीको लागि सुरक्षाकर्मी खटिएका थिए ।

प्रहरीका अनुसार खोजीमा खटिएको नेपाली सेना र प्रहरीको संयुक्त टोलीले बालिकाको शव दिउँसोे तालबाट निकालेको थियो ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ९ : ५५ बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर