आज २०८३ साल साउन १७ गते आइतबारको राशिफल « Khabarhub

आज २०८३ साल साउन १७ गते आइतबारको राशिफल


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६ अगष्ट २ तारिख। साउन कृष्ण पक्षको चतुर्थी तिथि ।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा गरेको व्यापार बढ्नेछ। शिक्षामा गरेको मिहिनेत सफल हुनेछ। सम्पत्ति जोड्ने अवसर मिल्नेछ। परिवारमा मेलमिलाप बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृष : शुभ काम बन्ने दिन छ । लगानी गर्नु फाइदा हुने देखिन्छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सम्पत्तिको दौडमा लाग्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ । पारिवारिक मेलमिलाप हुनेछ ।

मिथुन : दिन राम्रो छ। महत्त्वपूर्ण निर्णय हुनेछ। आफन्तले भन्दा बाहिरका साथीको साथ मिल्नेछ। शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारीको क्षेत्रबाट नाफा हुनेछ। परिवारसँग सचेत भएर व्यवहार गर्नु राम्रो हुन्छ।

कर्कट : दिन सामान्य छ। लगानी गरेको भए घाटा हुने जोखिम छ। लगानी गर्नै परेमा सहकार्य गर्नु उचित हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा भने थप मिहिनेत गर्नुपर्ने दिन छ। आज कम बोल्नु उपयुक्त हुनेछ ।

सिंह : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। विपक्षी साथी शान्त भएकाले दैनिक काम सहज बन्नेछ। दाम्पत्य जीवनमा खटपटी बढ्नेछ। काम गर्दा सचेत बन्नुपर्ने दिन छ।

कन्या : दिन राम्रो छ। अरुको विवादले फाइदा हुनेछ। सम्पत्तिको संरक्षण गर्नु उचित हुन्छ। राजनीतिमा प्रगति हुनेछ। जग्गाको कारोबारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। विरोधीसँग सचेत बन्नुपर्नेछ। राजनीतिक क्षेत्रमा विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। संकटमा परिवारको साथ मिल्नेछ।

वृश्चिक : मन अशान्त बन्नेछ। सबैतिर अवरोध हुँदा स्वास्थ्यमा समेत समस्या थपिन सक्छ । धार्मिक क्षेत्रमा सक्रिय भएमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन सामान्य छ। यात्रामा भए समय र सम्पत्ति दुवै खर्च हुनेछ। विपक्षीको घेराबन्दीमा पर्ने जोखिम छ। परिवारका ज्येष्ठ नागरिकबाट आर्शिवाद लिएर कामको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मकर : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। राज्यको माथिल्लो निकायबाट साथ र सहयोग प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। स्वदेशमै रोजगारीको अवसर प्राप्त हुनेछ।

कुम्भ : दिन सामान्य छ। मन अशान्त बन्नेछ। दैनिक काममा अवरोध हुनेछ। स्वास्थ्यमा गरेको लगानी डुब्ने जोखिम छ। धार्मिक र राजनीतिक क्षेत्रमा उन्नति हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मीन : दिन सामान्य छ। श्रम शोषण गर्ने साथी सक्रिय छन्। धर्मप्रति विरोधी विचार सिर्जना हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर गरेको काम सफल बन्ने योग छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ५ : ५० बजे

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो