युवा टोलीमा अनुभव थप्ने चेल्सीको नयाँ रणनीति : ३५ वर्षका वेलबेक अनुबन्धित « Khabarhub

युवा टोलीमा अनुभव थप्ने चेल्सीको नयाँ रणनीति : ३५ वर्षका वेलबेक अनुबन्धित


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले ब्राइटनका भेट्रान स्ट्राइकर ड्यानी वेलबेकलाई अनुबन्ध गरेको छ। क्लबले ३५ वर्षीय वेलबेकको अनुबन्ध औपचारिक रूपमा सार्वजनिक गरेको हो।

सन् २०२२ मा ‘ब्लुको’ले चेल्सीको स्वामित्व लिएयता क्लबले मुख्य गरी २५ वर्षमुनिका युवा खेलाडी भित्र्याउने नीति लिँदै आएको थियो। तर, ३५ वर्षका वेलबेकको यो आगमनलाई फुटबल वृत्तमा निकै अप्रत्याशित र आश्चर्यजनक सरुवाका रूपमा हेरिएको छ।

चेल्सीका नयाँ मुख्य प्रशिक्षक जाबी अलोन्सोले प्रि-सिजनका क्रममा टोलीलाई थप ‘सन्तुलन’ आवश्यक रहेको बताएका थिए। हालै वेस्टर्न सिड्नी वान्डरर्सविरुद्धको मैत्रीपूर्ण खेलमा चेल्सीको सुरुआती ११ मा परेका सबैभन्दा पाका खेलाडीको उमेर मात्र २३ वर्ष थियो। टोलीको यही अनुभवहीनतालाई सन्तुलनमा ल्याउन वेलबेकलाई ल्याइएको बुझिएको छ।

“चेल्सीजस्तो क्लबले चासो देखाएको सुन्दा म अत्यन्तै गौरवान्वित भएको छु,” अनुबन्धपछि वेलबेकले भने, “यति ठूलो इतिहास र हरेक सिजन उपाधिका लागि भिड्ने क्लबमा आउन पाउनु मेरो लागि सम्मानको विषय हो। मैले टोलीका केही खेलाडीलाई पहिले नै चिन्छु र प्रशिक्षकसँगको कुराकानी पनि निकै सकारात्मक रह्यो।” उनले क्लब र समर्थकलाई गर्व गर्न लायक प्रदर्शन गर्न आफू पूर्ण रूपमा तयार रहेको समेत बताए।

आर्सनल र मान्चेस्टर युनाइटेडका पूर्वस्ट्राइकर वेलबेकले गत सिजन ब्राइटनका लागि ३७ प्रिमियर लिग खेलमा १३ गोल गरेका थिए।

यो ट्रान्सफर विन्डोमा प्रशिक्षक अलोन्सोले टोली पुनर्गठन गर्ने क्रममा भित्र्याएका खेलाडीमा वेलबेक पछिल्लो नाम हुन्। यसअघि चेल्सीले बेलायती खेलाडीको कीर्तिमानी रकममा एस्टन भिल्लाबाट मोर्गन रोजर्सका साथै मार्को पालेस्त्रा र जिओभानी क्वेन्डालाई अनुबन्ध गरिसकेको छ।

समाचार विवरणअनुसार चेल्सीले अहिले ब्रेन्टफोर्डका अनुभवी मध्यपङ्क्तिका खेलाडी जोर्डन हेन्डरसनलाई पनि टोलीमा ल्याउने प्रयास गरिरहेको छ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ९ : ५९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार