विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी « Khabarhub

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन् । मेसी मैदानमा पुगेको खेलमा इन्टर मियामी मेजर लिग सकर (एमएलएस) अन्तर्गत भएको खेलमा कोलम्बस क्रुसँग २–२ को बराबरीमा रोकिएको छ।

विश्वकपको फाइनलमा अर्जेन्टिना स्पेनसँग पराजित भएको दुई सातापछि मैदान उत्रिएका मेसी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। मियामीको ‘न्यु स्टेडियम’मा ५३ औँ मिनेटमा मैदान छिरेका मेसीलाई समर्थकले स्वागत गरेका थिए। यद्यपि, पुनरागमन खेलमा उनले दुई वटा प्रहार पोस्टभन्दा बाहिर पठाउँदा गोल भने गर्न सकेनन्।

खेलको १६ औँ मिनेटमा उरुग्वेली स्ट्राइकर लुइस सुआरेजले गोल गर्दै मियामीलाई १–० को अग्रता दिलाएका थिए। सुआरेजको यो पछिल्ला चार खेलमा सातौँ गोल हो। तर, ३४ औँ मिनेटमा मियामीका म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडका पूर्वमध्यपङ्क्तिका खेलाडी कासेमिरोबाट आत्मघाती गोल हुन पुगेपछि खेल १–१ को स्थितिमा आयो।

त्यसपछि सुआरेजकै पासमा नोआ एलेनले हेडमार्फत गोल गर्दै हाफ टाइमअघि मायामीलाई पुनः २–१ को अग्रता दिलाए। तर, ८४ औँ मिनेटमा कोलम्बसका लागि स्पेनिस क्लब रियल सोसिदादबाट आएर डेब्यु खेल खेलिरहेका ब्राइस मेन्डेजले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।

यो बराबरीसँगै मायामीको लगातार छ खेलको जितको यात्रामा पूर्णविराम लागेको छ। मियामी इस्टर्न कन्फरेन्सको दोस्रो स्थानमा कायमै छ। शीर्ष स्थानमा रहेको न्यासभिल एससीले पनि डिसी युनाइटेडसँग २–२ को बराबरी खेलेको छ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ११ : ३४ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन