अध्यापक अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक « Khabarhub

अध्यापक अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक भएको छ।

शनिबार एक कार्यक्रमबीच बुद्धविहार काठमाडौंका भिक्षु कोण्डन्य, आख्यानकार एवम् अनलाइनखबरका प्रधान सम्पादक वसन्त बस्नेत, संस्कृतिकर्मी नानीहेरा शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन पाण्डे र कवि रुपक अलंकारलले पुस्तकको संयुक्त विमोचन गरे ।

कार्यक्रममा भिक्षु कोण्डन्यले ‘तेजस्’मा राणाकालमा बौद्ध समुदायमाथि भएको दमन र भिक्षुहरूलाई देशनिकाला गरिएको प्रसंग तथा पञ्चायतकालमा स्वदेश फर्किएको इतिहासलाई समेटिएको बताए।

उपन्यासले भाषा, संस्कार र संस्कृतिको संरक्षणको सशक्त सन्देश दिएको उनले बताए । विपश्यना र बौद्ध दर्शनका पक्ष पनि कथामा प्रभावकारी रूपमा समेटिएको भन्दै उनले उपन्यास सशक्त र पठनीय रहेको बताए।

आख्यानकार एवम् अनलाइनखबरका प्रधान सम्पादक बस्नेतले ‘तेजस्’ काठमाडौंको भूगोल र इतिहास बुझ्न अत्यन्त उपयोगी कृति भएको बताए।

सेतो ख्याकको दृष्टिकोणबाट कथा भनिएकाले उपन्यास रहस्यमय बनेको उल्लेख गर्दै उनले बौद्ध धर्ममाथि राज्यले विभिन्न कालखण्डमा गरेको उपेक्षा र दमनलाई पुस्तकले गहिराइका साथ उजागर गरेको बताए।

‘कान्तिपुर (काठमाडौं)को भूगोल र इतिहासको यो एउटा टुर गाइड पुस्तक बनेको छ,’ उनले भने, ‘किताब स्वादको छ। संगठन नबनाई एक्लै एक्लै काम गर्दा बुद्धिस्टहरूलाई राज्यले कति सतायो भन्ने दस्तावेज हो यो किताब।’

रास्वपा नेता पाण्डेले असन, वसन्तपुर, नेवार समुदाय र ख्याकसँग सम्बन्धित धेरै कम सुनिएका कथा पुस्तकमा समेटिएको उल्लेख गर्दै उपन्यासले काठमाडौंका सम्पदालाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको बताए।

संस्कृतिविद् नानीहेरा शाक्यले उपन्यासले नेपाल मण्डलकालीन कान्तिपुर, वसन्तपुर, कुमारीघरसम्मको परिवेशलाई जीवन्त रूपमा उतारेको बताइन्। नेवार समुदाय कसरी क्रमशः सीमान्तकृत भयो भन्ने कुरालाई संवेदनशील ढंगले प्रस्तुत गरिएको भन्दै उनले नेपाल भाषाका केही शब्दमा सामान्य त्रुटि रहेको औंल्याइन्।

कवि रूपक अलंकारले अध्ययनशील लेखकका रूपमा अधिकारीको प्रशंसा गर्दै ‘तेजस्’ कुनै एक पात्रको कथा मात्र नभई समयसँगै बदलिएको काठमाडौं, नेवारी संस्कृति र बौद्ध धर्मको रूपान्तरणको कथा भएको बताए।
शाहकाल र त्यसपछिका राजनीतिक परिवर्तनले काठमाडौँ र बौद्ध परम्परामा पारेको प्रभावलाई उपन्यासले प्रभावशाली रूपमा चित्रण गरेको उनले बताइन् ।

लेखक अधिकारीले उपन्यास लेख्ने क्रममा नेपालबाट बौद्ध भिक्षुलाई देशनिकाला गरिएको इतिहासले आफूलाई गहिरोसँग छोएको बताए।

नेवारी समुदायको जीवन र संस्कृतिलाई नजिकबाट बुझ्न आफूले लामो समय अध्ययन र सहकार्य गरेको उल्लेख गर्दै उनले इतिहास, मिथक र सामाजिक यथार्थलाई जोडेर ‘तेजस्’ बनेको बताए । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ७२५ रुपैयाँ छ ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  १ : ४७ बजे

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३