ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निम्सदाइको शव « Khabarhub

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निम्सदाइको शव


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा हिमपहिरोमा बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव भेटिएको छ।

पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उद्धार टोलीले समुद्री सतहबाट करिब ५,७०० मिटर उचाइमा पुर्जाको शव फेला पारेको हो। त्यही स्थानमा थप तीनजननाको शव पनि देखिएको जनाइएको छ, तर ती शवको पहिचान अझै खुल्न सकेको छैन।

एसीपीले ती शवहरूलाई जापानी क्याम्पसम्म ल्याउने तयारी भइरहेको जनाएको छ। कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण उद्धार अभियान निकै चुनौतीपूर्ण रहेको पनि क्लबले उल्लेख गरेको छ।

यसका साथै, प्रारम्भिक जानकारी भएकाले आधिकारिक पुष्टि नभएसम्म अपुष्ट विवरण सार्वजनिक नगर्न सर्वसाधारणलाई आग्रह गरिएको पाकिस्तानको चर्चित अनलाइन डनले उल्लेख गरेको छ।

यसअघि शनिबार पुर्जाको अभियान व्यवस्थापन गरिरहेको कम्पनी एलिट एक्स्पेडले पाकिस्तानी आरोही सोहेल साखीसहित अभियानमा सहभागी सबै सदस्यको मृत्यु भएको पुष्टि गरेको थियो।

त्यसअघि तीनजना आरोहीको शव र एक अमेरिकी आरोहीको हुन सक्ने अवशेष फेला परिसकेको एसीपीकी नाइला कियानीले जानकारी दिएकी थिइन्।

एसीपीका महासचिव अयाज शिग्रीका अनुसार उद्धार टोली एड्भान्स बेस क्याम्पतर्फ अघि बढेर खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ।

हिमपहिरोको उच्च जोखिम, भीरालो भूभाग र प्रतिकूल मौसमका कारण हेलिकप्टर परिचालन गर्न नसकिएकाले उद्धार कार्य स्थलमार्गबाट भइरहेको उनले बताए।

एसीपीका अनुसार पाकिस्तान र नेपालका आरोही सम्मिलित आठ सदस्यीय उद्धार टोली आइतबार बिहान ९ बजुअघि क्याम्प–१ पुगेको थियो।

उक्त टोलीले अत्यन्त कठिन परिस्थितिमा ब्रोड पीकको ढिस्को क्षेत्रमा खोज तथा शव उद्धार अभियान जारी राखेको जनाएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ३ : १३ बजे

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको