‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा « Khabarhub

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ । अन्नपूर्ण-३ दानामा जन्मेका पुर्जाको पाकिस्तानको ‘ब्रड पिक’ आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको थियो ।

गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनद्वारा आज सार्वजनिक गरिएको सूचनामा पुर्जाको निधनले गाउँपालिका परिवारसहित सिँगो म्याग्दीवासीलाई स्तब्ध र मर्माहत तुल्याएको उल्लेख छ । उनको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले सोमबार अत्यावश्यकबाहेक सबै कार्यालय, वडा, स्वास्थ्य संस्था र विद्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको हो ।

नेपाली पर्वतारोहण क्षेत्रलाई विश्वमाझ नयाँ उचाइमा पुर्‍याउन, नेपाली पर्वतारोहीहरूको पहिचान र गौरवलाई अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्न पुर्जाले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने गाउँपालिकाले जनाएको छ । पुर्जाको निधनले विश्व पर्वतारोहण समुदायमा अपूरणीय क्षति पुगेको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ४ : २९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने