सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : सभापति थापा « Khabarhub

सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : सभापति थापा


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन नीतिगत सुधार र द्रुत गतिको कार्यसम्पादन अनिवार्य रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगार र पहुँच विश्वबजार’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।

थापाले विगतमा आफूले कीर्तिपुरको सन्दर्भमा राखेको धारणा र त्यसपछि सिर्जित चर्चाबारे प्रस्ट पारे । आफू सत्ता साझेदार दलको संयन्त्रमा रहँदा विज्ञहरूसँगको परामर्शमा आईटी क्षेत्रमा नीतिगत सुधारको प्रयास सुरु गरेको उनले उल्लेख गरे । सोही क्रममा आएका ६ वटा अध्यादेशमध्ये एउटा महत्त्वपूर्ण हिस्सा सूचना प्रविधि क्षेत्रको सुधार रहेको उनको भनाइ छ । उक्त सुधारमार्फत नेपाली आईटी कम्पनीहरूलाई विदेशमा शाखा विस्तार गर्न र नेपालमा वैदेशिक लगानी (एफडीआई) भित्र्याउने प्रक्रियामा केही सहजता प्रदान गरिएको हो, उनले भने ।

विश्वबजारमा भारत, फिलिपिन्स र कजाकिस्तान जस्ता देशहरूले सूचना प्रविधिको क्षेत्रमा तिब्र प्रतिष्पर्धा गरिरहेको उल्लेख गर्दै थापाले नेपालसँग ढिलासुस्ती गर्ने समय नभएको चेतावनी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ८ : १५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।