कवि तारा सुवेदीको कवितासंग्रह ‘अनुभूतिका महक’ लोकार्पित « Khabarhub

कवि तारा सुवेदीको कवितासंग्रह ‘अनुभूतिका महक’ लोकार्पित


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कवि तारा सुवेदीको पहिलो कवितासंग्रह ‘अनुभूतिका महक’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

नेपाल स्रष्टा समाजद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अग्रज कवि शैलेन्द्र साकार लगायतले उक्त कविताकृतिको औपचारिक लोकार्पण गरे ।

कृति सार्वजनिक गर्दै २० वर्षअघिदेखि कवि सुवेदी कविताका क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै उनी राम्रो कवि भएको बताए । उनले सुवेदीको पहिलो कृतिबाट एउटा कविता वाचन गरे ।

पत्रकारितासँगै साहित्य र समाजसेवाका क्षेत्रमा क्रियाशील कवि सुवेदीको कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा. कृष्णप्रसाद दाहालले फुटकर रूपमा कविता लेख्दा नै कविको पहिचान बनाइसकेकी ताराका कवितामा जीवनबोध र युगबोध समेटिएको बताए ।

प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सुवेदीका कविताहरू महकयुक्त रहेको उल्लेख उनका कविता हृदय हुँदै मस्तिष्कसम्म पुग्ने बताए ।

कार्यक्रममा साहित्यकारहरू भागीरथी श्रेष्ठ, विधान आचार्य, चन्द्रप्रसाद भट्टराई, पवन आलोक, विवश पोखरेल, राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, डा. शान्तिमाया गिरी र कवि सुवेदीले आफ्ना धारणा राखे ।

उक्त अवसरमा मणि लोहनी, रञ्जना निरौला, प्रकाश घायल, खुसी अधिकारीले कृतिभित्रका कविता वाचन गरे ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ९ : १६ बजे

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३