कवि तारा सुवेदीको कवितासंग्रह ‘अनुभूतिका महक’ लोकार्पित « Khabarhub

कवि तारा सुवेदीको कवितासंग्रह ‘अनुभूतिका महक’ लोकार्पित


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कवि तारा सुवेदीको पहिलो कवितासंग्रह ‘अनुभूतिका महक’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

नेपाल स्रष्टा समाजद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अग्रज कवि शैलेन्द्र साकार लगायतले उक्त कविताकृतिको औपचारिक लोकार्पण गरे ।

कृति सार्वजनिक गर्दै २० वर्षअघिदेखि कवि सुवेदी कविताका क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै उनी राम्रो कवि भएको बताए । उनले सुवेदीको पहिलो कृतिबाट एउटा कविता वाचन गरे ।

पत्रकारितासँगै साहित्य र समाजसेवाका क्षेत्रमा क्रियाशील कवि सुवेदीको कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा. कृष्णप्रसाद दाहालले फुटकर रूपमा कविता लेख्दा नै कविको पहिचान बनाइसकेकी ताराका कवितामा जीवनबोध र युगबोध समेटिएको बताए ।

प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सुवेदीका कविताहरू महकयुक्त रहेको उल्लेख उनका कविता हृदय हुँदै मस्तिष्कसम्म पुग्ने बताए ।

कार्यक्रममा साहित्यकारहरू भागीरथी श्रेष्ठ, विधान आचार्य, चन्द्रप्रसाद भट्टराई, पवन आलोक, विवश पोखरेल, राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, डा. शान्तिमाया गिरी र कवि सुवेदीले आफ्ना धारणा राखे ।

उक्त अवसरमा मणि लोहनी, रञ्जना निरौला, प्रकाश घायल, खुसी अधिकारीले कृतिभित्रका कविता वाचन गरे ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ९ : १६ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६