काठमाडौँ – त्यो अर्जेन्टिनाको सेतो–निलो तीन तारे जर्सी लगाएर लियोनल मेसी अब मैदानमा हुने छैनन् ।
मेसीको नाम भएको १० नम्बरको त्यो जर्सी इतिहास वा विगत बन्दै गरेको चरणमा छ । केही दिनमा १० नम्बर जर्सीमा उनको नाम विस्थापित हुनेछ ।
करोडौंको फ्यानको प्रिय १० नम्बर जर्सीमा अब नाम परिवर्तन हुनेछ । यो निरन्तरता र औपचारिकता पनि हो । समर्थकहरूका लागि भने भावुक क्षण हो ।
अर्जेन्टिना राष्ट्रिय टिमकै खेलाडी इन्जो फर्नान्डेज लेख्छन्, ‘मैदानमा तपाईंलाई १० नम्बर जर्सीमा नदेख्दा कस्तो होला ? सोच्न पनि गाह्रो भएको छ ।’
त्यो १० नम्बर जर्सी लगाउने मेसीसँग अर्जेन्टिनाका समर्थकको भावना मिसिएको छ । त्यो, जर्सी र मेसीसँग उनीहरूको हाँसो, आँशु, सन्तुष्टि,असन्तुष्टि, आशा, उत्साह, र निराशको विगत छ ।
मेसीले उत्कृष्ट र कमजोर प्रदर्शनहरू यी भावनाका कारक हुन् ।
सन् २०१६ मा मेसीका समर्थकका लागि चिसो क्षण हो । सन् २०१६ को कोपा अमेरिका फाइलनमा चिलीसँग हारेपछि २९ वर्षका मेसीले राष्ट्रिय टिमबाट सन्यास घोषणा गरे ।
‘देशका लागि मेजर ट्रफी दिलाउन नसक्ने खेलाडी’ भन्दै चर्को आलोचना भएको बेला उनले सन् २०१६ मा कोपा अमेरिकाको फाइनलमा पेनाल्टी मिस गर्दा अर्जेन्टिना उपाधिविहीन भएको थियो ।
मेसीले त्यस समय त्यस्सै सन्यास घोषणा गरेका होइनन् । उनले लगातर तीन फाइनल हारेका थिए । सन् २०१४ को विश्वकप, सन् २०१५ र १६ को कोपा अमेरिकाको फाइनल ।
चिलीविरुद्ध पेनाल्टी मिस गरेर मैदानमा विक्षिप्त बनेर लामो समय रोएका मेसीलाई सम्झदाँ अहिले पनि उनका समर्थकको आँखा रसाउँछन् ।
अहिले मेसी ३९ वर्षका भए । यो उमेरभन्दा पहिला नै धेरै खेलाडीले फुटबलबाट बिदा लिइसक्छन् । त्यसैले यो भावुक क्षण भए पनि अकल्पनीय होइन ।
अर्कोतर्फ मेसीले फुटबलमा पाउन बाँकी केही छैन । उपचार गर्न पैसा नभएको ‘गरिब केटो’ अहिले सर्वकालीन महान् खेलाडी ‘गोट’ बनेर विश्व फुटबलमा विरासत खडा गरेको छ । मैदानमा उनले देखाएको जादु भिडियो सामाग्रीका रुपमा इन्टरनेटमा सुरक्षित भएका छन् ।
विश्व च्याम्पियन बन्ने सपना
मेसीले चिलीसँगको हारपछि सन्यास घोषणा पश्चात भनेका थिए, ‘मैले धेरै प्रयास गरेँ तर उपाधि जित्न सकिनँ ।’
मेसीको फुटबल करिअरको खराब वर्ष हो- सन् २०१६ । उनीले हारपछिको हार मात्रै पाइरहेका थिए । तर, भनाइ छ नि, ‘खराब घटनाले कथा राम्रो बन्छ ।’
मेसीको हकमा त्यही भयो । देशलाई उपाधि जिताउन नकसेकामा मेसी निरीह भएर मैदानमा नै रोए । राष्ट्रिय टोलीबाटै सन्यास लिए ।
तर यो घटनाले मिठो स्मरण बनाएको छ ।

त्यो बेला सन्यास फिर्ता लगाउन राष्ट्रपतिले नै मेसीसँग संवाद गरेका थिए । सरकारले नै मेसीलाई माया देखाएर संन्यास फिर्ता लिन लगाउन जनतासँग आग्रह गरेको थियो ।
मेसी स्वदेश फर्किदा हजारौं समर्थकहरू विमानस्थालमा उपथित भएका थिए । उनीहरूको हातमा भएको प्लेकार्डमा लेखिएको थियो, ‘हामीलाई छोडेर नजाऊ ।’
सहरका होल्डिङहरू मेसीको तस्बिरले भरिएका थिए । हजारौं खुलापत्रमार्फत् मेसीलाई मैदान फर्कन आग्रह गरिएको गियो ।
यही अद्भुत मायाले मेसीले सन्यास फिर्ता लिए ।
त्यसबेला राष्ट्रिय टिममा मेसीको कमब्याको उद्देश्य देशलाई मेजर ट्रफी दिलाउन नै थियो । अनि आफ्नो सबैभन्दा ठूलो सपना विश्वकप जित्नु थियो ।
तर, सन् २०१८ को विश्वकपमा उनको प्रदर्शन खराब रह्यो । फेरि मेसीमाथि आलोचना सरू भयो, ‘उनले देशका लागि कुनै उपाधि जित्न सक्दैनन् ।’
मेसीले सन् २०२१ मा कोपा अमेरिका जिते । सन् २०२२ मा विश्वकप नै उचाले । उनले आलोचकलाई यसरी चुप लगाए कि, विश्वले नै स्वीकार ग¥यो, ‘मेसी सर्वकालीन महान खेलाडी हुन् ।’
अर्को रोचक कुरा– सन् २०१६ मा मेसीले सन्यास फिर्ता लिन युथ एकेडेमीमा अभ्यासरत खेलाडी इन्जो फर्नान्डेजले मेसीलाई खुलापत्र लेखेका थिए । ०२२ मा मेसीले विश्वकप जित्दा इन्जो नै टोलीको महत्त्वपूर्ण खेलाडी थिए ।
मेसीले सन्यास लिएपछि इन्जोले लेखेका छन्, ‘म तपाईंसँगै खेल्न पाउछु कि पाउँदिन भनेर उमेर वर्ष गनेर बस्थेँ । मैले खेल्न पाएँ । सँगै हामी विश्व च्याम्पियन पनि बन्यौं ।’
०२२ को फाइनलका गोलकर्ता एन्जल डिमारिया मेसीसँगै राष्ट्रिय टिममा खेल्न पाएकाले आफू सही शताब्दीमा जन्मिएको बताएका छन् ।
मेसीका सन्यासबारे उनले लेखेका छन्, ‘म सही शताब्दीमा जन्मिएँ । तिमीले आफ्ना सबै सपनाहरू पूरा गरेको देख्न पाएँ । तीमध्ये सबैभन्दा ठूलो सपना विश्वकप जित्ने पनि पूरा गरेको देख्न पाएँ ।’
३९ वर्षमा जादु
मेसी व्यक्तिगत र क्लब फुटबलमा पाउन बाँकी प्रमुख उपाधि कुनै पनि छैन ।
उनले विश्व फुटबलमा पनि त्यही छाप छोडेका छन् ।
मेसी विश्कपमा दुई पटक गोल्डेन बल जित्ने एक्ला खेलाडी हुन् ।
उनको व्यक्तिगत प्रस्तुतीका लागि ०२६ को विश्कप उत्कृष्ट रह्यो । यही संस्करणमा उनले सर्वाधिक गोलको रकेर्ड आफनो नाममा पनि पारे । तर, उक्त रेकर्ड यही विश्कपबाटै फ्रान्सका किलियन एम्बाप्पेले तोडे ।
यही विश्वकपले मेसीको क्षमताले थप प्रशंसा पायो । फाइनल हारे पनि यही समयमै उनले संन्यासको निर्णय लिएको बुझिएको छ।
फाइनलको दुई दिनपछि हातले लेखेको पत्र सार्वजनिक गर्दै उनले सोमबार सन्यास घोषणा गरेका हुन् ।

अनि बने ‘गोट’
क्लब फुटबलमा उत्कृष्ट तर इन्टरनेशनल फुटबलमा कमजोर देखिएपछि मेसीबारे सन् २०१० को दशकमा आलोचना भएको तथ्य सत्य हो ।
त्यसबेला अर्जेन्टिनाका लागि मेसी भन्दा डिएगो म्याराडोना महान हुन् भन्ने गरिन्थ्यो ।
सन् २०१६ मा उनले संन्यास फिर्ता नलिएको भए आज पनि उक्त भनाइ कायम रहन्थ्यो । निरन्तरको असफलत र आलोचना मेसीले सन् २०२२ मा चिरे । आफ्नो कप्तानीमा देशलाई विश्व च्याम्पियन बनाए ।
धन्न मेसीले त्यसबेला संन्यास फिर्ता लिए । नभए, गोट बन्ने उनको यात्रा अहिले आएर पूरा हुने थिएन ।












प्रतिक्रिया