आज २०८३ साल भदौ १७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ १७ गते बुधबारको राशिफल


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६ सेप्टेम्बर २ तारिख। भदौ कृष्ण पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि। । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यापार व्यवसायमा फाइदा हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

वृष : आज दिन सामान्य छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ। व्यापार व्यवसायमा स्वदेशमै सम्भावना छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ।

मिथुन : दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। राजनीतिक क्षेत्रमा पदोन्नती हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। विदेशी रमझमले आकर्षित गर्नेछ। व्यापारमा लाभ मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

कर्कट : दिन सामान्य राम्रो छ। शत्रु बढ्ने जोखिम छ। साथीबाटै असहयोग हुनेछ। खर्च बढ्नेछ। यात्रा अनावश्यक हुनसक्छ। पारिवारिक सम्बन्ध भने सहज बन्ने छ। धार्मिक क्षेत्रमा मन जानेछ।

सिंह : आज दिन राम्रो छ। परिवारमा गोपनियता भंग नगर्नुहोला। धार्मिक कार्यमा मन जानेछ। अग्रजको सल्लाहमा गरेको काममा सफलता मिल्नेछ। मन मिल्ने साथीसँग भेट हुनेछ ।

कन्या : दिन राम्रो छ। आज गरेको कामले दीर्घकालमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। धर्ममा वितृष्णा बढ्नेछ। स्वास्थ र शिक्षामा आलश्यता बढ्नेछ।

तुला : आज कला र गला प्रदर्शन गर्ने दिन छ। मानसम्मान प्राप्त हुनेछ । राजनीतिक र धार्मिक पाटोमा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी खेर जाने सम्भावना छ। सोचेर अघि बढ्नुपर्नेछ। पारिवारिक भेटघाट हुने दिन छ।

वृश्चिक : दिन सामान्य छ। कामको बोझ थपिनेछ। शिक्षामा गरेको मिहिनेतले सार्थकता पाउनेछ। तपाईंले विश्वास गरेका पात्रले धोका दिनेछन्। पारिवारिक सम्बन्ध भने सहज बन्ने छ।

धनु : दिन राम्रो छ। नयाँ साथीसँगको अन्तरक्रियाले मन हल्का हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। अध्ययनमा मन जानेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्ने छ।

मकर : आज शुभ दिन रहेको छ । आज गरेको कामबाट दीर्घकालिन फाइदा हुनेछ । काममा सफलता मिल्नेछ । साझेदारीमा गरेको व्यापारबाट लाभ मिल्नेछ।

कुम्भ : धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ने छ। बौद्धिक व्यक्तित्वसँग भेटघाट हुने योग छ। आम्दानी बढ्नेछ। बिहान उठेर शिव भजन सुन्ने गरे दिन सहज बन्ने छ।

मीन : दिन सामान्य छ। साथीभाइबाट असहयोग हुने खतरा छ। व्यवहार गर्दा कम बोल्नु उचित हुनेछ। सानातिना कुराले मन अशान्त बन्ने छ। गणेश भगवानको आरधना गर्नु फलदायी हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ५ : १३ बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर