ब्लकबस्टर ट्रान्सफर : एन्जो फर्नान्डेज चेल्सीबाट म्यानचेस्टर सिटीमा « Khabarhub

ब्लकबस्टर ट्रान्सफर : एन्जो फर्नान्डेज चेल्सीबाट म्यानचेस्टर सिटीमा


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- म्यानचेस्टर सिटीले ट्रान्सफर विन्डो बन्द हुनुअघि अन्तिम समयमा ठूलो सम्झौता गर्दै अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई अनुबन्ध गरेको छ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फर्नान्डेज चेल्सीबाट करिब १४ करोड ५० लाख युरोमा म्यानचेस्टर सिटी पुगेका हुन्।

स्पेनी सञ्चारमाध्यम एएस, डीएजेडएन तथा विभिन्न अंग्रेजी सञ्चारमाध्यमले यो सम्झौता सम्पन्न भएको जनाएका छन्। यदि उक्त रकम पुष्टि भएमा फर्नान्डेज प्रिमियर लिग इतिहासकै दोस्रो सबैभन्दा महँगा खेलाडी बन्नेछन्।

यसअघि लिभरपुलले अलेक्जान्डर इसाकका लागि १५ करोड युरो खर्च गरेको थियो। फर्नान्डेजको सम्झौतामा प्रदर्शनका आधारमा थप रकमसमेत समावेश रहेकाले अन्तिम ट्रान्सफर रकम अझ बढ्न सक्ने बताइएको छ।

२०३१ सम्म सम्झौता

चेल्सी आफ्ना महत्वपूर्ण खेलाडीमध्ये एक फर्नान्डेजलाई बेच्न अनिच्छुक रहेकाले वार्ता ट्रान्सफर विन्डोको अन्तिम समयसम्म लम्बिएको थियो।

तर फर्नान्डेजले नयाँ चुनौतीका लागि क्लब छाड्न चाहेको इच्छा सम्झौता सम्पन्न हुन महत्वपूर्ण बनेको बताइएको छ।

फर्नान्डेजले यसअघि नै म्यानचेस्टर सिटीसँग व्यक्तिगत सम्झौतामा सहमति जनाइसकेका थिए। उनले अब २०३१ सम्मका लागि पाँच वर्षको सम्झौतामा हस्ताक्षर गर्नेछन्।

इत्तिहाद स्टेडियममा फर्नान्डेजले एन्जो मारेस्कासँग पुनर्मिलन गर्नेछन्। मारेस्कालाई फर्नान्डेजलाई सिटीमा भित्र्याउने प्रमुख व्यक्तिमध्ये एक मानिएको छ।

विभिन्न भूमिकामा खेल्न सक्ने क्षमताका कारण फर्नान्डेज मिडफिल्डमा सिटीका लागि महत्वपूर्ण विकल्प बन्ने अपेक्षा गरिएको छ। उनी आक्रमणमा समेत प्रभाव पार्न सक्ने मिडफिल्डरका रूपमा चिनिन्छन्।

चार वर्षपछि चेल्सीबाट बिदाइ

यससँगै फर्नान्डेजको स्टामफोर्ड ब्रिजमा चार वर्ष लामो यात्रा समाप्त भएको छ। चेल्सीमा रहँदा उनले १७० खेल खेलेका थिए भने ३१ गोल र २९ असिस्ट गरेका थिए।

उनले क्लबको कप्तानीसमेत सम्हालेका थिए र चेल्सीको टोलीका महत्वपूर्ण खेलाडीमध्ये एक बनेका थिए।

चेल्सी छाड्नुअघि फर्नान्डेजले सामाजिक सञ्जालमार्फत समर्थक, सहकर्मी खेलाडी तथा क्लबका कर्मचारीलाई धन्यवाद दिँदै लामो विदाइ सन्देशसमेत लेखेका थिए।

उनले लेखेका छन्, ‘तिमीहरू सधैं मेरो हृदयमा रहनेछौ, ब्लुज। म सधैं, सधैं तिमीहरूको सफलताको कामना गर्नेछु। सधैं ब्लु। धन्यवाद, चेल्सी।’

यससँगै विश्वकप विजेता फर्नान्डेजको करियरमा नयाँ अध्याय सुरु भएको छ। फेरि एकपटक ठूलो ट्रान्सफर सम्झौताको केन्द्रमा रहेका उनी अब लन्डन छाडेर म्यानचेस्टर पुगेका छन्, जहाँ उनले म्यानचेस्टर सिटीका लागि खेल्नेछन्।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ६ : १८ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको