विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै « Khabarhub

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा राहत कार्यका लागि पाँचौँ सैन्य विमान पठाएको छ ।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ट्वीट (एक्स) मार्फत भारतबाट राहत सामग्रीसहितको पाँचौँ विमान नेपालका लागि प्रस्थान गरेको जानकारी दिएका हुन् ।

विदेशमन्त्री जयशंकरका अनुसार भारतीय वायुसेनाको उक्त विमानमा ११ जना विज्ञ सम्मिलित उद्धार टोली, अत्याधुनिक खोज तथा उद्धार उपकरण र ५.५ टन अत्यावश्यक औषधि पठाइएको छ ।

नेपालको भोटेकोशीमा आएको भीषण विपद्पछि भारतीय राहत संयन्त्रले उद्धार र राहत सामग्री ढुवानीलाई तीव्रता दिएको छ ।

विमानस्थलमा राहत सामग्री तथा उद्धार टोली ओराल्ने र स्थानीय तहसम्म पुर्‍याउनका लागि समन्वय भइरहेको छ । यसअघि पनि भारतले उद्धार टोली, राहत सामग्री तथा चिकित्सकीय टोली विभिन्न विमानमार्फत नेपाल पठाइसकेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ८ : ५२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका