जेलेन्स्कीको चेतावनी : रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने « Khabarhub

जेलेन्स्कीको चेतावनी : रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेन युद्ध जारी रहेसम्म युक्रेनी ड्रोन गतिविधिका कारण रूसको हवाई क्षेत्र नागरिक उड्डयनका लागि असुरक्षित बन्न सक्ने चेतावनी दिएका छन्।

मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रूसको हवाई क्षेत्र प्रयोग गर्ने एयरलाइन्स, बीमा कम्पनी तथा प्रमुख विमानस्थल सञ्चालनसँग सम्बन्धित निकायलाई सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरे।

युक्रेनले नागरिक विमानलाई लक्षित नगर्ने स्पष्ट पार्दै उहाँले रुसी आकाशमा ड्रोन गतिविधि बढ्न सक्ने भएकाले त्यसको प्रत्यक्ष असर नागरिक उड्डयन क्षेत्रमा पर्न सक्ने बताए।

पछिल्ला महिनामा युक्रेनी ड्रोन आक्रमणका कारण रूसका विभिन्न विमानस्थलमा उडान तथा हवाई सेवा पटक–पटक प्रभावित हुँदै आएका छन्। युद्ध जारी रहेसम्म यस्तो जोखिम कायम रहन सक्ने जेलेन्स्कीको भनाइ छ।

जेलेन्स्कीको चेतावनीप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपत्ति जनाउँदै त्यसलाई ‘राज्य आतंकवादको घोषणा’का रूपमा व्याख्या गरेका छन्। उनले युक्रेनसँग वार्ताका लागि प्रयास जारी रहे पनि यस्तो परिस्थितिमा कूटनीतिक संवाद अघि बढाउन कठिन हुने संकेत गरेका छन् ।

यसैबीच, रूस र युक्रेनबीच पछिल्ला महिनामा लामो दूरीका क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र बनेका छन्। पछिल्लो रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा राजधानी किएभ र आसपासका क्षेत्रमा कम्तीमा १२ जनाको मृत्यु भएको बताइएको छ।

रूसले ब्यालिस्टिक क्षेप्यास्त्रको प्रयोग बढाउँदै आएको छ भने युक्रेनले हवाई प्रतिरक्षाका लागि आवश्यक सामग्रीको अभाव सामना गरिरहेको जनाएको छ। त्यसको प्रतिक्रियास्वरूप युक्रेनले रूसभित्रका पूर्वाधार, बन्दरगाह तथा अन्य रणनीतिक संरचनालाई लक्षित गर्दै ड्रोन आक्रमण बढाएको छ।

राष्ट्रपति पुटिनले युक्रेनी आक्रमणका कारण रूसका केही नागरिक पूर्वाधार तथा तेल प्रशोधन केन्द्रमा क्षति पुगेको स्वीकार गरेका छन्। यद्यपि, उहाँले रुसी सेनाले युद्धको अग्रभागमा आफ्नो सैन्य गतिविधिको गति बढाइरहेको दाबी गरेका छन् ।

यता, राष्ट्रपति जेलेन्स्कीले कूटनीतिक पहललाई सहयोग पुर्‍याउन आवश्यक परे निश्चित समय र क्षेत्रमा ड्रोन गतिविधि रोक्न सकिने संकेत गगरेका छन् ।

रूस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाको मध्यस्थतामा भइरहेका कूटनीतिक प्रयासले भने हालसम्म ठोस निष्कर्ष निकाल्न सकेका छैनन्।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १२ : २६ बजे

कालो चस्मामै प्रधानमन्त्री शाहको सदनमा सम्बोधन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले कालो चस्मा लगाएर प्रतिनिधिसभामा सम्बोधन गर्दैछन्। आँखामा

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्री वालेन्द्रको सम्बोधन (लाइभ)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन गरिरहेका

बाढी पसेको हाइड्रोका सुरूङमा खोजी तीव्र, ९ हजारभन्दा बढी सैनिक खटाइयो

काठमाडौं– भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित हाइड्रोपावर आयोजनाका टनेलमा खोज तथा उद्धार

अमेरिकाद्वारा ४० टन आपतकालीन राहत सामग्री सहयोग

काठमाडौं- संयुक्त राज्य अमेरिकाको मानवीय संस्था सामरिटन्स पर्सले भोटेकोशी बाढीबाट प्रभावित

रसुवा बाढीमा बेपत्ताका आफन्त भन्छन्- खोजी तीव्र पार्नूस्, भेटिने आसमै छौँ

काठमाडौं– रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकका आफन्तजनहरूले छिटो खोजी कार्य