उच्चस्तरीय संसदीय समिति बनाउन जरुरी छ : भीष्मराज आङ्देम्बे « Khabarhub

उच्चस्तरीय संसदीय समिति बनाउन जरुरी छ : भीष्मराज आङ्देम्बे


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको निष्पक्ष छानबिन र आवश्यक निष्कर्ष निकाल्न उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा रोस्टमबाट बोल्दै आङ्देम्बेले अहिले प्रचारबाजी गर्ने समय नभई नागरिकको जीवन बचाउने समय भएको बताए। उनले विपद्को समयमा सरकारको प्राथमिकता नागरिकको जीवन रक्षा र प्रभावितलाई तत्काल राहत तथा उद्धार उपलब्ध गराउनु हुनुपर्नेमा जोड दिए।

सरकारले प्रचारभन्दा पनि काम गरेर देखाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले सरकारको न्यूनतम दायित्व नागरिकको जीवन रक्षा गर्नु भएको बताए। बाढी प्रभावित क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न तथा घटनाको निष्पक्ष अध्ययन र छानबिनका लागि संसदीय समिति आवश्यक रहेको उनको भनाइ छ।

आङ्देम्बेले सरकारलाई खबरदारी गर्नुका साथै आवश्यक सहयोग गर्न नेपाली कांग्रेस सधैँ तयार रहेको बताए। विपद्का बेला सबैको ध्यान नागरिकको जीवन रक्षा र प्रभावितको उद्धार तथा राहतमा केन्द्रित हुनुपर्ने उनले उल्लेख गरे।

उनले बाढी प्रभावित क्षेत्रको अवस्था, क्षति र सरकारी उद्धार तथा राहत प्रयासबारे गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  २ : १७ बजे

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल