सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड « Khabarhub

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले विपत्तिको सामना गर्न केन्द्र, प्रदेश र स्थानीय तहका सबै सरकार पूर्ण रूपमा परिचालित हुन नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले विपत्तिको समयमा सरकारलाई साथ दिन आफूहरूको कुनै विमति नरहेको बताए । सेना परिचालन भए पनि जनप्रतिनिधि र जनपरिचालन प्रभावकारी रूपमा जोडिन नसकेको उनको भनाइ छ ।

‘सेना परिचालनसँगै जनपरिचालन जोडिएन भने काम हुँदैन । सरकार उद्धार कार्यमा सफल होइन, असफल भयो भन्ने जनगुनासो सबैभन्दा बढी सुनिएको छ,’ प्रचण्डले भने ।

उनले सरकारले आफ्नो कामप्रति घमण्ड गर्नुभन्दा कमजोरीबाट शिक्षा लिनुपर्ने बताए । सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारमा पनि सरकारले तत्काल पहल नगरेको भन्दै उनले आलोचना गरे ।

जनस्तरबाट आएका विज्ञको सहयोगसमेत पर्याप्त रूपमा लिन नसकेको गुनासो रहेको उनले संसद्मा जानकारी गराए।

प्रचण्डले बाढी प्रभावित क्षेत्रको तत्काल उद्धार, राहत र पुनर्स्थापनासँगै दीर्घकालीन पुनर्निर्माणमा समेत गम्भीर भएर अघि बढ्नुपर्ने बताए । 

उनले विपद् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिनुपर्ने भन्दै जापान र स्वीट्जरल्यान्डको उदाहरणबाट सिक्न सकिने धारणा राखे ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  २ : ४९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल