सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड « Khabarhub

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले विपत्तिको सामना गर्न केन्द्र, प्रदेश र स्थानीय तहका सबै सरकार पूर्ण रूपमा परिचालित हुन नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले विपत्तिको समयमा सरकारलाई साथ दिन आफूहरूको कुनै विमति नरहेको बताए । सेना परिचालन भए पनि जनप्रतिनिधि र जनपरिचालन प्रभावकारी रूपमा जोडिन नसकेको उनको भनाइ छ ।

‘सेना परिचालनसँगै जनपरिचालन जोडिएन भने काम हुँदैन । सरकार उद्धार कार्यमा सफल होइन, असफल भयो भन्ने जनगुनासो सबैभन्दा बढी सुनिएको छ,’ प्रचण्डले भने ।

उनले सरकारले आफ्नो कामप्रति घमण्ड गर्नुभन्दा कमजोरीबाट शिक्षा लिनुपर्ने बताए । सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारमा पनि सरकारले तत्काल पहल नगरेको भन्दै उनले आलोचना गरे ।

जनस्तरबाट आएका विज्ञको सहयोगसमेत पर्याप्त रूपमा लिन नसकेको गुनासो रहेको उनले संसद्मा जानकारी गराए।

प्रचण्डले बाढी प्रभावित क्षेत्रको तत्काल उद्धार, राहत र पुनर्स्थापनासँगै दीर्घकालीन पुनर्निर्माणमा समेत गम्भीर भएर अघि बढ्नुपर्ने बताए । 

उनले विपद् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिनुपर्ने भन्दै जापान र स्वीट्जरल्यान्डको उदाहरणबाट सिक्न सकिने धारणा राखे ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  २ : ४९ बजे

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय