सूचना ढिलो प्रवाहबारे प्रधानमन्त्रीको इन्कार : फिल्डमा रहेका सुरक्षाकर्मी नै बाढीमा बगे « Khabarhub

सूचना ढिलो प्रवाहबारे प्रधानमन्त्रीको इन्कार : फिल्डमा रहेका सुरक्षाकर्मी नै बाढीमा बगे


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवा बाढीबारे ‘स्थानीयलाई सरकारले ढिलो सूचना प्रवाह गरेकाले क्षति बढी भयो’ भन्ने प्रतिपक्षको आरोप र ‘किन ढिलो सूचना प्रवाह गरियो ?’ भन्ने दुवै प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‍मा बोलेका छन् ।

गत बुधबारको बाढीबारे सातापछि संसद्‍मा जानकारी दिने क्रममा प्रधानमन्त्री शाहले ‘ढिलो सूचना प्रवाह’लाई अस्वीकार र इन्कार गरे ।

पूर्वअनुमान र मानव सभ्यताले भोगेको ठूलो विनाशका बाबजुद पनि सरकारको पक्षबाट सूचित गराउने काम भएको उनको दाबी छ । स्थानीयलाई बाढीको सूचना दिनमा फिल्डमा खटेकै अवस्थामा केही सुरक्षाकर्मी बगेको उनको भनाइ छ ।

उनल भने, ‘मानव सम्भताले भोगेको यो ठूलो घटना हो । यो पूर्वानुमान बाहिरको कुरा हो । बाढी आएको सूचनापश्चात हाम्रा सुरक्षाकर्मी स्थानीयलाई सतर्क बनाउन खटिनुभएको थियो । त्यसबेला उहाँहरू पनि बेपत्ता हुनुभयो ।’

तटीय क्षेत्रका स्थानीयलाई सूचित गर्न सरकारले ११ लाख वटा मेसेज र फोन कल गरेकोसमेत उनले जनाए । उनले भने, ‘आधा घण्टाअगाडि नै सूचना पठाइएको थियो ।’

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  २ : ३५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)