राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान « Khabarhub

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।

४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीसँगै प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, शिष्टाचार महापाल कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, शिष्टाचार अधिकृत महेश यादव, अंगरक्षक लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट र डीएसपी दिपेश बस्याल अमेरिका गएका छन्।

प्रधानमन्त्री नेतृत्वको टोलीलाई विमानस्थलमा गृहमन्त्री सुधन गुरुङ र पर्यटनमन्त्री खडकराज पौडेल ‘गनेस’ले बिदाइ गरेका थिए।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने परराष्ट्रमन्त्री तथा परराष्ट्र मन्त्रालयका सचिव र सहसचिवसहितको टोली भने यसअघि नै अमेरिका प्रस्थान गरिसकेको छ।

महासभाका क्रममा उनले नेपालका तर्फबाट विश्व समुदायसमक्ष धारणा राख्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ७ : २० बजे

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने