प्रचण्डले सुनाए विगतका विपद्का घटना, भने- ‘विगतबाट पाठ सिक्न जरुरी छ’ « Khabarhub

प्रचण्डले सुनाए विगतका विपद्का घटना, भने- ‘विगतबाट पाठ सिक्न जरुरी छ’


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विगतमा भएका विभिन्न गम्भीर प्राकृतिक विपद्का घटनाको स्मरण गर्दै त्यसबाट पाठ सिक्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ रहेको सन्दर्भ उल्लेख गर्दै आफूले विगतमा देशमा घटेका विभिन्न गम्भीर घटनाको समीक्षा गर्न लागेको बताए।

उनले पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको विपद्लाई नेपालको इतिहासकै भयावह घटनामध्ये एकका रूपमा उल्लेख गर्दै ठूलो मानवीय तथा भौतिक क्षति भएको बताए।

‘नेपालको इतिहासमै सायद यति भयानक प्रलय हाम्रो पुस्ताले देखेको थिएन। भोटेकोशीमा आएको त्यो प्रलयबाट हजारौँको जीवन र खर्बौँको क्षति भएको छ,’ प्रचण्डले भने, ‘यहाँहरू सबै नयाँ हुनुहुन्छ। म यसअगाडि देशमा घटेका विभिन्न गम्भीर घटनाहरूको विषयमा समीक्षा गर्छु। यसबाट हामीले पाठ सिक्न जरुरी छ।’

प्रचण्डले २०७२ सालको विनाशकारी भूकम्प, त्यसपछिका विभिन्न भूकम्प तथा देशका विभिन्न क्षेत्रमा भएका बाढीपहिरोलगायतका घटनाको समेत चर्चा गरेका छन्।

उनले विगतमा भएका विपद्का घटनाको अनुभव र त्यसबाट प्राप्त शिक्षालाई आगामी दिनको विपद् व्यवस्थापनमा उपयोग गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  २ : ३५ बजे

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्