संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई « Khabarhub

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने बताएका छन्। उनले आफ्नो पार्टी संकटको यस घडीमा सरकारसँगै रहेको जनाउँदै आवश्यक जनपरिचालनका लागि तयार रहेको बताएका हुन्।

सांसद राईले संकटको समयमा एकताबद्ध भएर काम गर्नु नै सबैभन्दा महत्वपूर्ण कुरा भएको बताए। सरकारले राहत, उद्धार तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए।

‘संकटको बेला एक हुनु नै ठूलो कुरा हो। हामी सँगै छौं तर सरकारले तदारुकता देखाएर राहत र पुनर्स्थापना गर्न लाग्नुपर्छ। जनता नै नरहे हामी केका लागि?’ राईले भने।

उनले विपद् व्यवस्थापनमा आवश्यक परे विदेशबाट समेत दक्ष जनशक्ति ल्याएर परिचालन गर्नुपर्ने बताए। तत्कालको अवस्थामा रात रोक्नेभन्दा राहत तथा आवश्यक सामग्रीको प्रभावकारी वितरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

‘आवश्यक परे विदेशबाट पनि दक्ष जनशक्ति ल्याऔं। रात रोक्ने होइन, वितरण गर्ने तर्फ लागौं। पहिलो दायित्व भनेको जनताको जीवन रक्षा गर्नु हो,’ राईले भने।

राईले पछिल्ला विपद्का घटनालाई केवल प्राकृतिक घटनाका रूपमा मात्र हेर्न नहुने बताए। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा यस्ता समस्या दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै उनले दीर्घकालीन रूपमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका लागि प्रभावकारी नीति आवश्यक रहेको बताए।

उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दालाई प्रमुखताका साथ उठाउनुपर्ने धारणा पनि राखे। 

जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर नेपालजस्ता हिमाली तथा विकासोन्मुख मुलुकले बढी भोगिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग न्यायोचित सहयोग र जिम्मेवारीको माग गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  २ : ५७ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला