संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई « Khabarhub

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने बताएका छन्। उनले आफ्नो पार्टी संकटको यस घडीमा सरकारसँगै रहेको जनाउँदै आवश्यक जनपरिचालनका लागि तयार रहेको बताएका हुन्।

सांसद राईले संकटको समयमा एकताबद्ध भएर काम गर्नु नै सबैभन्दा महत्वपूर्ण कुरा भएको बताए। सरकारले राहत, उद्धार तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए।

‘संकटको बेला एक हुनु नै ठूलो कुरा हो। हामी सँगै छौं तर सरकारले तदारुकता देखाएर राहत र पुनर्स्थापना गर्न लाग्नुपर्छ। जनता नै नरहे हामी केका लागि?’ राईले भने।

उनले विपद् व्यवस्थापनमा आवश्यक परे विदेशबाट समेत दक्ष जनशक्ति ल्याएर परिचालन गर्नुपर्ने बताए। तत्कालको अवस्थामा रात रोक्नेभन्दा राहत तथा आवश्यक सामग्रीको प्रभावकारी वितरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

‘आवश्यक परे विदेशबाट पनि दक्ष जनशक्ति ल्याऔं। रात रोक्ने होइन, वितरण गर्ने तर्फ लागौं। पहिलो दायित्व भनेको जनताको जीवन रक्षा गर्नु हो,’ राईले भने।

राईले पछिल्ला विपद्का घटनालाई केवल प्राकृतिक घटनाका रूपमा मात्र हेर्न नहुने बताए। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा यस्ता समस्या दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै उनले दीर्घकालीन रूपमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका लागि प्रभावकारी नीति आवश्यक रहेको बताए।

उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दालाई प्रमुखताका साथ उठाउनुपर्ने धारणा पनि राखे। 

जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर नेपालजस्ता हिमाली तथा विकासोन्मुख मुलुकले बढी भोगिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग न्यायोचित सहयोग र जिम्मेवारीको माग गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  २ : ५७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल