हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही « Khabarhub

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण आफ्नै भाइ गुमाएको बताएका छन्। उनले विपद्को घटनाले व्यक्तिगत रूपमा समेत आफूलाई गहिरो क्षति पुगेको बताए ।

रोस्ट्रमबाट सम्बोधन गर्दै शाहीले बाढीपहिरोका कारण आफ्नै जिल्लावासी गुमाएको र व्यक्तिगत रूपमा आफ्नो भाइसमेत गुमाएको जानकारी दिए।

‘व्यक्तिगत रूपमा भन्दा मैले मेरै जिल्लावासी गुमाएँ। अझ व्यक्तिगत रूपमा जाने हो भने मैले मेरै भाइ गुमाएँ,’ शाहीले भने।

उनले विपद्को यो कठिन घडीमा सबै एकजुट भएर प्रभावित नागरिकको उद्धार तथा राहतमा जुट्नुपर्ने बताए। संकटका बेला आफूहरू सरकारको साथमा रहेको उल्लेख गर्दै उनले सरकारले राहत, उद्धार र पुनर्स्थापनाको कामलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिए।

‘संकटको बेला हामी सबै साथमा छौँ, तर सरकारले अझ व्यापक काम गरोस्,’ शाहीले भने।

शाहीले बाढीपहिरोबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहत वितरणलाई प्राथमिकतामा राखेर राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने धारणा राखे।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ३ : ११ बजे

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको