हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही « Khabarhub

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण आफ्नै भाइ गुमाएको बताएका छन्। उनले विपद्को घटनाले व्यक्तिगत रूपमा समेत आफूलाई गहिरो क्षति पुगेको बताए ।

रोस्ट्रमबाट सम्बोधन गर्दै शाहीले बाढीपहिरोका कारण आफ्नै जिल्लावासी गुमाएको र व्यक्तिगत रूपमा आफ्नो भाइसमेत गुमाएको जानकारी दिए।

‘व्यक्तिगत रूपमा भन्दा मैले मेरै जिल्लावासी गुमाएँ। अझ व्यक्तिगत रूपमा जाने हो भने मैले मेरै भाइ गुमाएँ,’ शाहीले भने।

उनले विपद्को यो कठिन घडीमा सबै एकजुट भएर प्रभावित नागरिकको उद्धार तथा राहतमा जुट्नुपर्ने बताए। संकटका बेला आफूहरू सरकारको साथमा रहेको उल्लेख गर्दै उनले सरकारले राहत, उद्धार र पुनर्स्थापनाको कामलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिए।

‘संकटको बेला हामी सबै साथमा छौँ, तर सरकारले अझ व्यापक काम गरोस्,’ शाहीले भने।

शाहीले बाढीपहिरोबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहत वितरणलाई प्राथमिकतामा राखेर राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने धारणा राखे।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ३ : ११ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु