सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही « Khabarhub

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला उद्धार तथा राहतमा खटिएका नेपाली सेना र सुरक्षाकर्मीको मनोबल उच्च बनाउन सरकारले तत्काल तलब वृद्धि गर्नुपर्ने बताएका छन्।

रोस्ट्रमबाट सम्बोधन गर्दै शाहीले आफूहरू सरकारको साथमा रहे पनि सरकारको गलत काममा समर्थन गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले सरकारको समर्थन गर्नु र सरकारको गुलामी गर्नु फरक कुरा भएको बताए।

“सरकारको साथमा छु भन्दैमा सरकारको गुलामी गर्छौं भन्ने अवस्था छैन। सेनालाई धन्यवाद होइन, उहाँहरूको तलब बढाइदिनुहोस्,” शाहीले भने।

उनले सुरक्षाकर्मीको योगदानको प्रशंसा केवल भाषण, भिडियो वा सामाजिक सञ्जालमार्फत गर्नेभन्दा उनीहरूको आर्थिक तथा सेवा सुविधामा सुधार गर्नुपर्ने बताए। शाहीले आजै मन्त्रिपरिषद्को बैठक बसेर सुरक्षाकर्मीको तलब वृद्धि गर्न सरकारसँग माग गरे।

‘सुरक्षाकर्मीको तलब बढाइदिनुहोस्। आजै मन्त्रिपरिषद्को बैठक बसेर सुरक्षाकर्मीको तलब बढाउनुहोस्,’ उनले भने।

विपद्का बेला नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बललगायतका सुरक्षाकर्मी अग्रपंक्तिमा खटिएर उद्धार तथा राहतमा संलग्न हुँदै आएको उल्लेख गर्दै शाहीले उनीहरूको योगदानको वास्तविक सम्मान राज्यले सेवा–सुविधा बढाएर गर्नुपर्ने धारणा राखे।

उनका अनुसार मुखले ‘स्याबास’ भन्ने वा भिडियो बनाएर धन्यवाद दिनेभन्दा सुरक्षाकर्मीको पारिश्रमिक तथा सेवा सुविधा बढाएर उनीहरूको मनोबल उच्च बनाउन आवश्यक छ।

‘यो कसैलाई आरोप लगाउने समय होइन। सरकारका मन्त्रीले राम्रोसँग काम गरुन्। उनीहरूलाई साथ दिन तयार छौं ।’ शाहीले भने, ‘हाम्रो कुरा सुनिदिनुहोस् हामी पनि जनप्रतिनिधि तपाईं पनि जनप्रतिनिधि । आजसम्म गृहमन्त्री र प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउन सक्नुभएन। मेरो जिल्लाका ७२ जना अझै बेपत्ता छन् ।’

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ३ : १७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल