इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी « Khabarhub

इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताम्पा- संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य लक्ष्यविरुद्ध सञ्चालन गरिएको आक्रमण पूरा भएको दाबी गरेको छ। सेन्टकमका अनुसार आक्रमणमा इरानका हवाई रक्षा प्रणाली, विस्फोटक पदार्थ भण्डारण केन्द्र तथा सञ्चार पूर्वाधारलाई लक्षित गरिएको थियो।

सेन्टकमले अमेरिकी सेनाले गरेको कारबाहीका केही दृश्य सार्वजनिक गर्दै मध्यपूर्वमा रहेका अमेरिकी सैनिकहरू उच्च सतर्कतामा रहेको जनाएको छ। उसका अनुसार मध्यपूर्वमा ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् र उनीहरू आवश्यक परे कमान्डरको निर्देशनअनुसार कारबाही गर्न तयार अवस्थामा छन्।

तर, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले अमेरिकी आक्रमणबाट सर्वसाधारणसमेत प्रभावित भएको दाबी गरेका छन्। उनका अनुसार सिरिकमा आयोजित एक विवाह समारोहलाई समेत आक्रमणले प्रभावित पार्दा ५० जनाभन्दा बढी मानिस घाइते भएका छन्।

बाकाईले आवासीय घर तथा विवाह समारोहजस्ता गैरसैनिक क्षेत्रलाई लक्षित गरी गरिएको आक्रमणको इरानले कडा जवाफ दिने चेतावनी दिएका छन्। उनले अमेरिकी आक्रमणलाई ‘बर्बर र अपराधपूर्ण’ भन्दै त्यसको दृढतापूर्वक प्रतिकार गर्ने बताएका छन्।

हर्मुज जलडमरूमध्यमा व्यावसायिक ढुवानी तथा अमेरिकी सैन्य सदस्यविरुद्ध इरानी रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले गरेको पछिल्लो कारबाहीपछि अमेरिकाले इरानविरुद्धको आक्रमण तीव्र बनाएको बताइएको छ।

यसैबीच, इरानी समाचार एजेन्सीका अनुसार अमेरिकी आक्रमणको जवाफमा आईआरजीसीको एयरोस्पेस फोर्सले जोर्डनस्थित अमेरिकी प्रिन्स हसन एयर बेसमा रहेका आरक्यू–४ र एमक्यू–९ मानवरहित हवाई साधन (यूएभी) का ह्याङ्गरलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ।

इरानी सेनाले बहराइनस्थित शेख इसा एयर बेसमा रहेका अमेरिकी सैन्य संरचनाका राडार प्रणाली तथा अन्य महत्वपूर्ण स्थानलाई समेत लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। आईआरजीसीलाई उद्धृत गर्दै इरानी पक्षले जोर्डनस्थित क्याम्प टिटिनमा समेत ब्यालिस्टिक मिसाइल प्रहार गरिएको र त्यसबाट सैनिक हताहत भएको दाबी गरेको छ। यी दाबीहरूको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

मध्यपूर्वमा तनाव तीव्र बन्दै गएपछि बहराइनको आन्तरिक मन्त्रालयले नागरिकलाई सम्भावित खतराप्रति सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयले नागरिकलाई शान्त रहन, नजिकको सुरक्षित स्थानमा बस्न तथा सार्वजनिक सुरक्षासम्बन्धी आधिकारिक माध्यमबाट मात्र सूचना लिन आग्रह गरेको छ।

कुवेत समाचार एजेन्सीका अनुसार कुवेतको हवाई सुरक्षा प्रणालीले इरानी ड्रोन आक्रमणको जवाफ दिइरहेको छ। त्यस्तै, जोर्डनले आफ्नो हवाई सुरक्षा प्रणालीले इरानबाट प्रहार गरिएका १३ वटा ब्यालिस्टिक मिसाइल रोकिएको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज नजिकका इरानी लक्ष्यविरुद्ध अमेरिकाले आक्रमणको नयाँ चरण सुरु गरेको घोषणा गरेपछि पछिल्लो घटनाक्रम विकसित भएको हो।

ट्रम्पले इरानविरुद्ध अझ ठूलो सैन्य कारबाही हुन सक्ने संकेत गर्दै अमेरिकी आक्रमणको जवाफमा इरानबाट हुने कुनै पनि कारबाहीको अमेरिकाले कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन्।

मध्यपूर्वमा अमेरिका र इरानबीचको सैन्य तनाव बढ्दै जाँदा यसले क्षेत्रीय सुरक्षा, व्यावसायिक जलमार्ग तथा अन्तर्राष्ट्रिय व्यापारमा समेत थप असर पार्न सक्ने चिन्ता बढेको छ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ४ : २७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल