एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार « Khabarhub

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका पत्रकार निराजन पौडेलका परिवारका पाँच सदस्य एक सातासम्म पनि नभेटिएपछि परिवारले अन्तिम संस्कार गर्ने निर्णय गरेको छ।

पौडेलका बुवा वासुदेव, आमा गोमा, काका हिमालय, काकी उमा र बहिनी हिमानी बाढीपछि सम्पर्कविहीन भएका थिए। एक सातासम्म विभिन्न स्थानमा खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता नलागेपछि परिवारले बुधबारदेखि अन्तिम संस्कारको प्रक्रिया अघि बढाएको हो।

पत्रकार पौडेलले सामाजिक सञ्जालमार्फत बुवा, आमा, काका, काकी र बहिनीको खोजी गर्दा पनि नभेटिएपछि अन्तिम संस्कार गर्ने निर्णयमा पुगेको जानकारी दिएका छन्।

‘गत भदौ १० गते आएको भोटेकोशी बाढीमा परेर बेपत्ता हुनुभएका हाम्रा अभिभावक बुवा, आमा, अंकल, अन्टी र बहिनीको खोजी गर्दा पनि नभेटिएपछि आजदेखि हामी अन्तिम संस्कार गर्ने निर्णयमा पुगेका छौँ,’ उनले लेखेका छन्।

पौडेलका परिवारको अन्तिम संस्कार काठमाडौंको तारकेश्वर नगरपालिकास्थित लोलाङ बोहोराटार गेटबाट सुनौलो बस्ती जाने बाटोमा रहेको रुद्रमती महादेव मन्दिर तथा किरियापुत्री भवनमा गरिएको हो ।

नुवाकोटको विदुर नगरपालिका–७ स्थायी ठेगाना भएका पौडेलको परिवार भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको थियो। पौडेलले यसअघि नै आफ्ना परिवारका सदस्यको खोजी तथा उद्धारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेका थिए।

‘बुवा, ममी, अंकल, अन्टी र बहिनीको खोजी गरिदिनुहुन सबैसँग आग्रह गर्दछु,’ उनले भनेका थिए। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लाका नदी तथा तटीय क्षेत्र प्रभावित भएका छन्।

विपद्पछि सुरक्षा निकाय तथा विभिन्न टोलीले बेपत्ताको खोजी तथा उद्धार जारी राखे पनि सबै बेपत्ताको अवस्था यकिन हुन सकेको छैन। पौडेल रातोपाटी डटकममा कार्यरत पत्रकार हुन्।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ४ : ३१ बजे

भारत, इजरायल र युरोपलाई जोड्ने आर्थिक करिडोर : मध्यपूर्वको सबैभन्दा ठूलो तर ओझेलमा परेको रणनीतिक कथा

काठमाडौं– भारत, मध्यपूर्व र युरोपलाई जोड्ने बहुप्रतिक्षित आर्थिक करिडोर वर्तमान

बाढी प्रभावित क्षेत्रमा दैनिक उडिरहेछन् डेढ दर्जन हेलिकप्टर (तस्बिरहरू)

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा एकैपटक १५–२० वटा हेलिकप्टर उद्धार तथा

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

काठमाडौं– सरकारले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त

विष्णु माझीले ल्याइन् तीज गीत

काठमाडौं– गायिका विष्णु माझीले तीज गीत ‘घरबार’ ल्याएकी छन् ।

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

वालिङ– भोटेकोशी बाढीमा परी घाइते भएकाहरूका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको