बाढी प्रभावित क्षेत्रमा दैनिक उडिरहेछन् डेढ दर्जन हेलिकप्टर (तस्बिरहरू) « Khabarhub

बाढी प्रभावित क्षेत्रमा दैनिक उडिरहेछन् डेढ दर्जन हेलिकप्टर (तस्बिरहरू)


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा एकैपटक १५–२० वटा हेलिकप्टर उद्धार तथा राहतका लागि उडान गरिरहेका छन् । 

एउटै क्षेत्रमा धेरै हेलिकप्टर सञ्चालन भइरहँदा हवाई ट्राफिक कसरी व्यवस्थापन भइरहेको छ भन्ने प्रश्न उठिरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई ट्राफिक नियन्त्रक (एटीसी) प्रमुख देवेन्द्रप्रसाद श्रेष्ठले पाइलटहरूबीच आपसी समन्वयबाट उडान व्यवस्थापन भइरहेको बताएका छन् ।

उनका अनुसार उद्धार तथा राहतमा खटिएका हेलिकप्टरका पाइलटहरू एउटै साझा रेडियो फ्रिक्वेन्सीमा सम्पर्कमा रहन्छन् । 

उनीहरूले आफ्नो पोजिसन, जाने दिशा र आसपासको हवाई ट्राफिकबारे एकअर्कालाई जानकारी गराउँदै उडान सञ्चालन गरिरहेका छन् ।

पाइलटहरूले आपसी समन्वयमार्फत आवश्यक उडान सेपरेसन कायम गरिरहेकाले प्रभावित क्षेत्रमा धेरै हेलिकप्टर एकैपटक सञ्चालन गर्न सम्भव भएको श्रेष्ठले बताए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ६ : १३ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया