काठमाडौं– बाढी प्रभावित क्षेत्रमा एकैपटक १५–२० वटा हेलिकप्टर उद्धार तथा राहतका लागि उडान गरिरहेका छन् ।
एउटै क्षेत्रमा धेरै हेलिकप्टर सञ्चालन भइरहँदा हवाई ट्राफिक कसरी व्यवस्थापन भइरहेको छ भन्ने प्रश्न उठिरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई ट्राफिक नियन्त्रक (एटीसी) प्रमुख देवेन्द्रप्रसाद श्रेष्ठले पाइलटहरूबीच आपसी समन्वयबाट उडान व्यवस्थापन भइरहेको बताएका छन् ।
उनका अनुसार उद्धार तथा राहतमा खटिएका हेलिकप्टरका पाइलटहरू एउटै साझा रेडियो फ्रिक्वेन्सीमा सम्पर्कमा रहन्छन् ।
उनीहरूले आफ्नो पोजिसन, जाने दिशा र आसपासको हवाई ट्राफिकबारे एकअर्कालाई जानकारी गराउँदै उडान सञ्चालन गरिरहेका छन् ।
पाइलटहरूले आपसी समन्वयमार्फत आवश्यक उडान सेपरेसन कायम गरिरहेकाले प्रभावित क्षेत्रमा धेरै हेलिकप्टर एकैपटक सञ्चालन गर्न सम्भव भएको श्रेष्ठले बताए ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी



















प्रतिक्रिया