रसुवाको टिमुरेदेखि घट्टे खोलासम्मको किनारमा भेटिए १०५ शव « Khabarhub

रसुवाको टिमुरेदेखि घट्टे खोलासम्मको किनारमा भेटिए १०५ शव


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत बुधबारको भीषण बाढीका कारण सबैभन्दा ठूलो क्षति व्यहोरेको रसुवाका दुई क्षेत्रमा १०५ जनाको शव भेटएको छ।

नेपालले बनाएको टिमुरेस्थित सुख्खा बन्दरगाह क्षेत्रदेखि माथि घट्टेखोलासम्म भोटेकोशीका दुवै किनारमा १०५ जनाको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रुमख डीएपी अशोक थापाले ती दुई क्षेत्रका विभिन्न स्थानमा केही दिनयता गरिएको खोजीका क्रममा १०५ वटा शव भेटिएको बताए ।

‘टिमुरेको एकै स्थानमा ती शव भेटिएका होइनन् । हेलिकप्टरबाट खोजीका क्रममा टिमुरेदेखि घट्टे खोलासम्मको माथिल्लो क्षेत्रमा छरिएको अवस्था फेला परेका हुन्’, उनले भने, ‘ती शवमध्ये केही बाढीले बगाएर ल्याएका हुन् भने केही त्यहीँका घरमा लेदोले पुरिएको अवस्थामा भेटिएका हुन्। हामीले तीन दिनयता संकलन गरेका शव नुवाकोट हुँदै काठमाडौं पठाइसकेका छौँ।’

थापाका अनुसार ती सबै शवलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उत्खनन् गरेर परीक्षणका लागि काठमाडौं पठाइएको हो । ‘शवहरू विभिन्न स्थानमा भेटिएका हुन् । स्थलगत खोजी गर्न सम्भव छैन । हेलिकप्टरबाट चलाइएको सर्च अपरेशनका क्रममा भेटिएका शव काठमाडौं गइसकेका छन्’, उनले भने, ‘अब घट्टेखोलासम्मको क्षेत्रमा थप शवहरू नभेटिन सक्छन्। पुरिएका शव भने स्थलगत रुपमा खनेर खोज्न सम्भव छैन । भोटेकोशीमा ठूलो मात्रामा हिलो थुप्रिएकाले समस्या भएको छ।’

थापाका अनुसार त्यस क्षेत्रमा सुरूमा भेटिएको एउटा शव पनि काठमाडौं लगिएको छ। जसलाई आफन्तले पनि सनाखत गरिसकेका छन् । थापाका अनुसार स्याफ्रुबेंसीमा ९ र बेत्रावतीमा ११ वटा शव भेटिएका थिए ।

धुन्चेबाट हेलिकप्टर पठाएर ती शव खोजिएको हो । ‘हिलोमा पुरिएको अवस्थामा नदेखिएका शव निकाल्न सम्भव छैन । स्थलगत रुपमा सुरक्षाकर्मी उतार्न तत्कालै मुस्किल छ’, उनले भने, ‘हेलिकप्टरबाट खोज्दा पनि पानी पर्ने र कुहिरो लाग्ने समस्याले गाह्रो भएको छ।’

विद्युत्का सुरुङमा पनि खोजीका लागि धुन्चेबाट ढुक्कै सुरक्षाकर्मी पठाउन सम्भव नभएको उनले बताए ।

‘विद्युत्का सुरुङ भएका स्थानमा डोजर उतार्न पनि कठिन छ। मान्छेले मात्रै खोतलेर हेर्न सम्भव छैन’, उनले भने, ‘उद्धारमा पठाइएका सुरक्षाकर्मी राख्ने ठाउँ नहुँदा फर्काएर ल्याउनुपर्ने बाध्यता छ। मौसम बिग्रिए या हेलिकप्टर समयमा नगए उनीहरूलाई पनि समस्या पर्ने अवस्था छ। सुरूङमा खोजीका लागि टेन्ट टाँगेर अहिल्यै सुरक्षाकर्मी राख्न पानीदेखि खाद्यान्नसम्मको व्यवस्थापन एकदमै जटिल छ।’

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ६ : ५१ बजे

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल